सोमवार , २०७६ चैत्र  १७ ( Monday , 2020 Mar 30 )

images

कविता  : झुपडीका आवश्यकताहरु

  • राधा थापा वाग्ले

  • प्रकाशित: शुक्रवार , २०७६ माघ  १७

कविता  : झुपडीका आवश्यकताहरु 

मेरो सानो छानु कुहिएर
झरी पर्दा चुहिने गर्छ
त्यसैले तिमी सुदारबादी भै हेर्न चाहान्छौ भने
मलाई एक मुठ्ठा खर चाहिएको छ ।

मेरो बलियो आधार मानिएको धुरिखाँबो
कोत्रियर भाँचिनै लागेको छ ,
त्यसैले तिमी यहाँ नयाँ निर्माण फेर्न चाहान्छौ भने
मलाई एउटा अर्को खाँबो आधार चाहिएको छ ।

सायद तिमिले देखेकै हुनुपर्छ
अस्ति राती पड्किएका
बमका चोइटाहरु उछिट्टियर
मेरा भित्ताहरु छियाँ छियाँ पारेको छ ।
तिनै छियाँ छियाँ भएका प्वालहरुबाट
मध्यरातको चन्द्रमाले पनि मेरो गोप्पेता निहाल्ने गर्छ ,
त्यसैले तिमी दिन सक्छौ भने
मलाइ एउटा लाज छोप्ने दिवार चाहियको छ ।

सायद तिमिलाइ थाहै होला
बिकास निर्माण र परिबर्तनका
उन्नतिसिल बाटाहरु बाट बन्चित भएदेखी
भत्किएको निन्याँउरो घरबार भित्र म आफै निर्दो र कम्जोर छु
, त्यसैले मलाई अशान्ती माथिको कोलाहल हैन
यदि दिन सक्छौ भने ,
अमन चयन र बिकासको बाटोमा
थोरै शान्ती चाहिएको छ ।

म सधै आधारहिन भएर हुरि बतास असिना पानी सङ्ग रिज्दै भिज्दै ,
दुख पीडा अनि संघर्षको बाटोमा
थकित भएको प्राण हुँ ।
त्यसैले मलाई थिचो मिचो र लोभ लालचको कोलाहल हैन ,
यदि दिनै सक्छौ भने मलाई
भय रहित चौतारिको थोरै बिश्रान्ती चाहिएको छ ।

म सधैं अनपढ र अशिक्षित भई बाचेको छु ,
त्यसैले तिमी यहाँ
यो समाज सक्षम बनाउन चाहान्छौ भने
मलाइ शिक्षाको उज्यालो चाहिएको छ ।

यति भए मेरा अहिलेका आवश्यकताहरु पूरा हुनेछन
तब पो म र मेरा कदम हरु
देश बिकासको बाटोमा जुरमुराउने छन ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया