सोमवार , २०७६ चैत्र  १७ ( Monday , 2020 Mar 30 )

images

फेक न्युज बढेपछि गुगलले गर्‍यो राजनीतिक विज्ञापनमा कडाइ

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७६ मंसिर  ६

काठमाडौँ, मङ्सिर । गुगलले राजनीतिक विज्ञापन नीतिमा कडाइ गरेको छ । मतदातालाई प्रभावित पार्ने उद्देश्यले भ्रामक समाचार तथा जानकारीहरु फलाउन यस किसिमका अनलाइन प्लेटफर्मले सहयोग पुर्‍याएको भन्ने आरोपको दबाब बढेपछि गुगलले राजनीतिक विज्ञापन नीतिमा कडाइ गरेको छ ।

इन्टरनेट कम्पनीका अनुसार कुनै पनि गलत राजनीतिक सन्देश प्रवाह गर्ने किसिमका विज्ञापनमा पहिलेदेखि नै प्रतिबन्ध लगाएको छ । तर, अहिले फेरि आफ्नो नीतिमा थप स्पष्टता ल्याउँदै कुनै गलत मनसायले तयार गरिएका तस्बिर, भिडियोहरुलाईसमेत प्रतिबन्ध गरिने भएको छ । 


ADVERTISEMENT

images

गुगलका विज्ञापन उत्पादन व्यवस्थापनका उपाध्यक्ष स्कोट स्पेन्सरले एक अनलाइन पोस्टमार्फत भने, "हामीलाई राम्रोसँग जान्छौं कि बलियो राजनीतिक संवाद लोकतन्त्रको अभिन्न अंग हो । तर, लोकतन्त्रका नाममा कुनै पनि किसिमको राजनीतिक दाबी, प्रतिशोध र अपमान भने स्वीकार गर्न सकिँदैन । त्यसकारण हामीले कारबाही गर्ने राजनीतिक विज्ञापनको संख्या सीमित हुने हाम्रो विश्वास छ ।" 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया