शनिवार , २०७६ फाल्गुण  १० ( Saturday , 2020 Feb 22 )

images

प्रदेश ३ : "अब 'बागमती' बन्याे"

नामाकरणबारे प्रदेशसभा बैठकमा एक मात्र प्रस्ताव

  • डेमाेखबर

  • प्रकाशित: आइतवार , २०७६ पौष  २७

हेटौंडा, पुस  । प्रदेश ३ को नाम बागमती कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।

नामाकरणबारे प्रदेशसभा बैठकमा एकमात्र प्रस्ताव परेको थियो । प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रस्ताव गरेको उक्त प्रस्तावको पक्षमा १०८ मत परेको छ ।
प्रदेशसभामा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा १०८ सांसद उपस्थित रहेकामध्ये सबै सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा शुन्य मत परेको थियो ।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको नाम बागमती राखियोस् भन्ने प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेकाले नाम बागमती कायम हुने घोषणा गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया