• आज : Sunday 27 May 2018
    7:27:36 NST

ट्रम्पले पोर्न स्टारमाथि करोडौं खर्च गरेको उनकै वकिलद्वारा खुलासा

एजेन्सी, २१ बैशाख ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टारलाई  १ लाख ३० हजार डलर (१ करोड ३८ लाख रुपैयाँ) दिएको खुलासा भएको छ । ट्रम्पका कानूनी समूहका अधिवक्ता रुडी गियूलियानीले ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई उक्त रकम दिएको दाबी गरेका हुन्...

अमेरिका कार्गो विमान दुर्घटना, ५ जनाको मृत्यु

अमेरिका, २० बैशाख । अमेरिकाको जर्जियामा सेनाको कार्गो विमान दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । जर्जियाको तटीय शहर सावान्नाहको स्थानीय विमानस्थल नजिक विमान दुर्घटना भएको हो । पोर्टो रिकोको एयर नेशनल गार्डको विमान दुर्घटनामा परेको हो । परीक्षण उडानमा...

नाइजेरियाको मस्जिदमा आक्रमण, २७ मारिए

नाइजेरिया, १९ बैशाख । नाइजेरियाको एक मस्जिदमा भएको बम आक्रमणमा  २७ जनाको ज्यान गएको छ । घटनामा अरु धेरै घाइते भएका छन् । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमण भएको हो । दिउँसोको नमाज प्राथनका लागि मानिस जम्मा भएका बेला मस्जिदको...

उत्तर कोरियाको आणविक कार्यक्रम रोकिने

काेरिया, १९ बैशाख । उत्तर र दक्षिण कोरियाबीच गतहप्ता भएको सहमति बमोजिम उत्तर कोरियाले आफ्नो देशभित्र हुदै आएको आणविक कार्यक्रम रोक्ने भएको छ ।  उत्तर कोरियाली अधिकारीहरुले आणविक उत्पादन र जथाभावी परीक्षणको कार्यक्रम रोक्ने तयारी गरिरहेको जानकारी एकजना उत्तर...

अफगानिस्तानमा बम आक्रमण, सञ्चारकर्मीसहित ३६ मारिए

काबुल, १८ बैशाख । अफगानिस्तानको काबुल र कान्दाहारमा सोमबार गरिएका तीन बम आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । घटनामा ४५ घाईते भएको अधिकारीले जनाएका छन । मृत्यु हुनेमा समाचार संस्था एएफपीका वरिष्ठ फोटो पत्रकार शाह मराई र वीबीसी संवाददाता अहमद शाहसहित ८...

अमेरिकी विज्ञलाई आमन्त्रण, उत्तर कोरियाले आणविक कार्यक्रम रोक्ने

एजेन्सी, १७ बैशाख । उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ ।  मे महिनामा आफूले आणविक कार्यक्रम रोक्ने जानकारी उत्तर कोरियाली नेता किम जोङ उनले दिएको दक्षिण कोरियाली एकजना वरिष्ट अधिकारीले बताएका छन् । सो जानकारी उनले हालैमात्र...

ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपतिबीच फोनवार्ता

एजेन्सी, १६ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिएका छन्। ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भने, ‘दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो...

दुई कोरियाको शिखर बैठक : अब पटक पटक भेट्ने र सम्बन्ध सुधार्ने प्रतिबद्धता

  गोयाङ, दक्षिण कोरिया, १४ बैशाख ।  लामो समयदेखि बिबाद  गर्दै आएका  दक्षिण कोरिया र उत्तर कोरियाबीच अन्ततः बार्ता सुरुभएको छ ।  आज दुइ कोरियाका नेताहरुले शिखर बैठक शुक्रबार सुरु गरे ।  बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका...

उत्तर र दक्षिण ऐतिहासिक शिखर वार्ता

काठमाडौं, १४ बैशाख । उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ मा कोरियाली युद्धपछि (जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए) दक्षिण कोरियाली भूमिमा पाइला...

९ हजार नेपालीलाई अमेरिकाबाट निकाल्ने तयारी !

अमेरिका, १३ बैशाख । अमेरिकाको सुरक्षा परिषद्ले अस्थायी बसोबासको अनुमति खारेज गर्ने निर्णय गरेपछि अमेरिकामा बस्दै आएका करिब नौ हजार नेपालीलाई घर फर्काइने बताइएको छ । अमेरिकामा बसोबास गर्दै आएका विदेशी नागरिकहरुलाई निष्कासन गर्ने ट्रम्पको नयाँ नीति अन्र्तगत...