• आज : Wednesday 17 January 2018
    8:23:12 NST

सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

काठमाडौं, २५ पुस ।  एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण  सप्तरीको  हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।   यस्तै...

मनाङमा माइनस १६ डिग्री : खोलामा पानी वग्न छोड्यो, धाराको पानी वरफ बन्यो

      मनाङ, २४ पुस । जाडो वढेसँगै मनाङमा  पानी जम्न थालेको छ। देशभरि चिसो बढिरहेको बेला मनाङमा अहिले माइनस १६ डिग्रीसम्म तापक्रम घटेको छ। अत्यधिक चीसो वढेसँगै स्थानियहरु घरमै बस्न थालेका छन्।  सरकारी कार्यालयका कर्मचारीहरु पनि कार्यालयमा कम भेटिन...

तराइमा अझै केही दिन हुस्सु र शीतलहर

सप्तरी, २४ पुस । तराईमा केही दिन यता लागेको हुस्सु र शितलहर अझै केहीदिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनअघिको तुलनामा बाक्लो हुस्सु लाग्ने क्रम कम हुँदै गए पनि पूर्ण रुपमा हट्न समय लाग्ने भएको हो । डिसेम्बरको अन्तिमलेखि जनवरीको अन्तिम...

रुपैडियाका ६ बटा औषधि पसलमा सिलबन्दी

बाँके, २४ पुस । नेपालगन्जसँग सीमा जोडिएको भारतीय बजार रुपैडियामा औषधि पसल खोलेर नेपाली युवालाई लागूऔषध बिक्री गर्दै आएका ६ वटा मेडिकल स्टोरबाट भारतीय प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। नेपाली प्रहरी अधिकारीहरुको आग्रहपछि भारतको बहराइच प्रहरी...

महिलाको हत्याको अभियोगमा एकजना पक्राउ

जनकपुर, २४ पुस । जनकपुरमा महिला हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।  महिला हत्याको आरोपमा सिन्धुली घर भई जनकपुर उपमहानगरपालिका बस्ने ९ बस्ने गणेशुकमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।  घटनाबारे जानकारी दिन आईतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला...

कर्णालीले कसरी छल्छ माइनस ८ डिग्री ?

हुम्ला, २४ पुस । शीतलहरले तराई कठ्यांग्रिएको छ । त्योभन्दा धेरै तापक्रम घटेर माइनस ८र१० डिग्री पुगेका हिमाली जिल्लाको जनजीवन झन् कष्टकर छ । तर, त्यो चिसो सामना गर्न हिमाली बासिन्दाले अनेक जुक्ति निकालेका छन् । कर्णालीका उच्च लेकाली बस्तीका काम गर्ने उमेरका...

भाइरलका बिरामी बढे, नौ जनाको मृत्यु

जाजरकोट, २३ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख...

प्रचण्डको प्रष्टिकरण : ‘हामी भारत–चीन परस्त होइनौं’

      भरतपुर, २१ पुस ।  आफू र बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएको माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । भरतपुर महानगरपालिकाको पहिलो नगरसभालाई सम्बोधन गर्दै  प्रचण्डले भने, २४० वर्षसम्म शक्तिको...

अग्निपीडितका लागि राहत संकलन

खोटाङ, २१ पुस । खोटाङको हलेसीका अग्निपीडितका लागि राहत संकलन सुरु भएको छ । मंगलबार राति भएको आगलागीमा घरसहित सबै बन्दोबस्तीका सामान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका अग्निपीडितको सहयोगका लागि राहत संकलन सुरु भएको हो । हलेसी बजारबाट बुधबार...

पिकअप भ्यानबाट खसेर एकजनाको मृत्यु

धनकुटा, २१ पुस । तेह्रथुमबाट धनकुटाका लागि छुटेको पिकअप भ्यानबाट खसेर एकजनाको ज्यान गएको छ । दुर्घटनामा धनकुटाको छथर जोरपाटीगाउँपालिका–५ का १७ वर्षे दासाङकुमार तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । बिहीबार राति साढे ९ बजे तेह्रथुम र धनकुटाको सीमावर्ती...