• आज : Monday 28 May 2018
    9:26:37 NST

भन्सार छलि ल्याइएको सुनसहित एक जना पक्राउ

मकवानपुर, २३ मंसिर । मकवानपुर प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएके सुन बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरबाट एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।  काठमाण्डौबाट बिरगंन्ज तर्फ जांदै गरेको...

संशोधन प्रस्ताव मधेसीलाई ठग्ने खेलः उपेन्द्र यादव

सप्तरी, २३ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुसँग छलफल नै नगरी ल्याईएको संशोधन प्रस्तावले ठग्ने कार्य मात्र हुने भन्दै खारेजको माग गरेका छन् । सप्तरीको नर्घो गाउँ विकास समिति स्थित झहुरा चौकमा आयोजित पार्टी प्रवेश सभालाई...

बूढीगण्डकी थुनिएको हैनः प्रहरी

गोरखा, २२ मंसिर । गोरखाको लापु–३ स्थित हावाडाँडामा बूढीगण्डकी नदी थुनिएको भन्ने समाचार आएपछि एकाएक हंगामा मच्चिएको थियो । तर, उक्त विषयमा प्रहरीले बुढीगण्डकी थुनिएको भन्ने हल्लामात्र भएको जनाएको छ । मंगलबार दिउँसो हावाडाँडामा सुक्खा पहिरो गएपनि...

सरकारी गाडीमा २०५ राउन्ड गोली भेटिएपछि

जाजरकोट, २२ मंसिर । जाजरकोटमा सरकारी गाडीमा २ सय ५ राउन्ड गोली फेला परेको छ । जिल्ला शिक्षा कार्यालय जाजरकोटको ना २ ख १००५ नंबरको गाडीमा सवार खगेनकोट ३ का मिलन शाहीको झोलाबाट उक्त गोली छेडाबाट प्रहरीले बरामद गरेको हो । छेडा प्रहरीले चेकजाँच गर्ने क्रममा...

रुपन्देही र कपिलवस्तु बन्द फिर्ता

रुपन्देही, २२ मंसिर । झण्डै एक हप्तादेखि जारी रुपन्देही बन्द फिर्ता भएको छ। नेकपा एमाले लगायतका दलहरुले गत बुधबारदेखि गर्दै आएको रुपन्देही बन्द फिर्ता लिएका हुन्।  जिल्लामा आन्दोलन सञ्चालन गर्दै आएको संघर्ष समितिले आन्दोलनका स्वरुप बदलेको बताएको छ। २६...

पोखराको बीच सडकमै भ्वाङ पर्यो

पोखरा,२१ मंसिर । पोखरामा मंगलबार एकाविहानै पिच सडकमै भ्वाङ पर्दा गुडिरहेको बस भ्वाङमा भासिएको छ । पोखरा–बाटुलेचौरको चमेरेगुफा जाने बाटोको पिच सडक भासिदा यात्रुबस सो भ्वाङमा भासिएको हो । चमेरेगुफाबाट लामाचौरतर्फ आउँदै गरेको पोखरा बस व्यवसायी समितिको ग १ ख...

संविधान संशोधनमा सबै दलको सहमति आवश्यकः महामन्त्री कोइराला

नवलपरासी, २१ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान समस्या समाधान गर्न सबै दल एकजुट भई अघि बढ्नुपर्ने बताएका छन् । सोमबारदेखि नवलपरासीको देवचुलीस्थित कालिका माध्यमिक विद्यालयमा सुरु भएको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै...

दैनिक बन्दले जनजीवन कष्टकर बन्दै

रुपन्देही, २१ मंसिर ।  संविधान संशोधन विधेयकको विरोधमा भइरहेको बन्द र प्रदर्शनका कारण रुपन्देहीको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण हजारौँ विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन् ।  सरकारले गएको मंगलबार संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछि...

सप्तरीमा पनि एमालेलाई रोक,कुनै कार्यक्रम गर्न नदिने

सप्तरी,२० मंसिर । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले सप्तरीमा एमालेको कार्यक्रम निषेध गर्ने निर्णाय गरेको छ । आइतबार बसेको मोर्चाको बैठकले यस्तो निर्णाय गरेको मोर्चाका संयोजक अमरनाथ मण्डलले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएका छन् । विज्ञप्तीमा...

आन्दोलनमा सहभागी नहुन कांग्रेसको निर्देशन

रुपन्देही, २० मंसिर । संविधान संशोधन प्रस्तावका विषयलाई लिएर सडक संघर्ष गरिरहेको नेकपा एमाले जनतालाई अल्मलाउन खोजेको भन्दै नेपाली कांग्रेस रुपन्देहीले आफ्ना कार्यकर्तालाई आन्दोलनमा सहभागी नशुन निर्देशन दिएको छ ।  नेपाली कांग्रेस रुपन्देहीले  विज्ञप्ति...