• आज : Thursday 26 April 2018
    10:06:25 NST

आगलागीबाट २ करोड बढीको क्षति

सल्यान, ४ चैत । सल्यानको वांगेलाकुरी बजारमा आगलागी हुँदा दुई करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । शनिबार बेलुकी भएको आगलागीबाट ८ वटा पसल, एउटा घर र ३ वटा मोटरसाइकल जलेर  खरानी भएका हुन् । 
प्रहरीले दिएको जानकारी अनुसार बागचौर नगरपालिकाको वडा नम्बर ५ मा रहेको बजारमा भएको आगलागीबाट ३ वटा किराना पसल, २ वटा होटेल, एउटा सुन पसल, एउटा फेन्सी पसल र एउटा सिलाइ पसल जलेर नष्ट भएका छन् ।
आगलागीबाट लोक बहादुर केसी, अनुरुप केसी र जंगबहादुर चन्दको किराना पसल जलेर पसलमा भएको सवै सामान नष्ट भएको छ । किराना पसलमा भएको झण्डै १ करोड ४० लाख बराबरको सामान जलेको स्थानीय जनक घर्तिले बताउनुभयो ।
यस्तै रतिभान सुनारको सुन पसलमा भएको ४५ लाख बराबरका सुनचाँदीका गरगहना र सामाग्री जलेका छन् । यस्तै, आगलागीबाट गोविन्द देवकोटाको फेन्सी पसलबाट १० लाख, इन्द्र बहादुर थापा र गोविन्द बुढाथोकीको होटेलबाट २० लाख तथा खुमराज परियारको सिलाइ पसलमा १० लाखको क्षति भएको छ ।
यस्तै थलराज बस्नेतको घर पनि जलेर खरानी भएको छ । घरमा रहेको धनमाल सरसामान गरगहना गरेर ९० लाख बराबरको क्षति भएको छ । यस्तै आगलागीबाट तीन वटा मोटरसाइकल समेत जलेका छन् । 

Comment

Related News