• आज : Thursday 26 April 2018
    9:57:33 NST

म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

काठमाडाैं, ४ चैत । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा ब्राइटनलाई २ – ० ले पराजित गर्दै युनाइटेडले सेमिफाइनलमा स्थान बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन रोमेरो लुकाकु र निमान्जा माटिकले समान एक एक गोल गरे । यसै साता च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ मा सेभियासँग पराजित हुँदै  प्रतियोगिताबाट बाहिरिएको युनाइटेडले एफए कपमा भने जित निकालेको हो ।
ओल्ड ट्राफोर्डमा खेलको ३७ औं मिनेटमा लुकाकुले गोल गर्दै जोसे मोरिन्होको टोली युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । उनको यो ११ औं खेलमा १२ औं गोल समेत हो । पहिलो हाफमा १ – ० ले अघि रहेको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ८३ औं मिनेटमा माटिकले गोल गर्दै युनाइटेडलाई २ – ० को जित दिलाए ।
योसँगै प्रशिक्षक मोरिन्होले प्रशिक्षकको रुपमा सन् २००७ पछि पहिलो पटक एफए कप फुटबलको सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि चेल्सीको प्रशिक्षक हुँदा मोरिन्होले सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए ।

Comment

Related News