• आज : Thursday 26 April 2018
    9:56:21 NST

युभेन्टस बराबरीमा रोकियो

एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्टस सोसाइटा पोलिसपोर्टिभा आर्स एट लेबर (एसपीएल) सँग गोलरहित बराबरीमा रोकिएको हो ।
एसपीएलको घरेलु मैदानमा भएको खेलमा बल पोजिसनमा पकड जमाएपनि युभेन्टसले गोल गर्न नसक्दा बराबरी खेलेको हो । खेलमा युभेन्टसले घरेलु टोलीबिरुद्ध आधा दर्जन बढी पोष्ट आक्रमण गरेको थियो । तर, गोल गर्न नसक्दा युभेन्टसले एसपीएलसँग अंक बाड्न परेको हो ।
यो बराबरीसँगै युभेन्टसले लिगमा शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका समेत गुमाएको छ । बराबरीपछि युभेन्टसले २९ खेलबाट ७५ अंक जोडेको छ । लिगमा दोस्रो स्थानको नापोलीको ७० अंक छ । नापोलीले एक खेल कम खेलेको छ । २५ अंक जोडेको एसपीएल रेलिगेसन जोनभन्दा एक स्थान माथि रहेको छ ।

Comment

Related News