• आज : Thursday 26 April 2018
    10:03:56 NST

गजल

 
डाँफे मुनाल मयुरले नाच्दै मेरो देशकै गीत गाउँछ 
धड्कनभित्र हिमाल पहाड तराई कै माया लाउँछ । 
 
बिश्वका संमृद्ध देश घुमफिर गर्न जहाँ जहाँ म जाउँ 
यो मन मस्तिष्कमा नेपाल र नेपाली कै याद आउँछ ।।
 
बिहान बेलुका पिज्जा बर्गर स्यान्ड्युज खाइ रहँदा,
तर मलाई आफ्नै देशको गुन्द्रुक र ढिडोले सताउँछ ।
 
टाइ सट पाइन्ट कोटमा टक्क सजिएर हिड्नुभन्दा
मैले लगाउने चौबन्दी, सारिले नेपाली पन जनाउँछ ।।
 
बिदेशमा बगाउने, पसिनाको मुल्यलाई तौलिएर हेरे
मातृ भुमिमै जसले बगाउँछ उसले स्याबासी पाउँछ ।
 
म, तिमि, हामी, सबै मिलि यो देशमा उन्नती गरेर
एक पटक हेरौन, अनि पो बल्ल गर्वले मन रमाउँछ।।
उषाकिरण थापा                                                    
फेसबुकबाट

Comment