• आज : Wednesday 23 May 2018
    12:41:38 NST

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडाैं, ३० फागुन । राष्ट्रियसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ।
राष्ट्रियसभाको अध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेकाले तिमिल्सिना निर्विरोध भइसकेका छन् । तर बुधबार बस्ने राष्ट्रियसभाको बैठकमा यसको औपचारिक घोषणा हुनेछ। वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो। राष्ट्रियसभामा एमालेका २७, कांग्रेसका १३, माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राजपाका २/२ सदस्य र थप ३ जना राष्ट्रपतिबाट मनोनीन सदस्य रहेका छन् ।

Comment

Related News