• आज : Sunday 27 May 2018
    7:24:13 NST

त्रिशूलीमा ग्यास बुलेट खस्यो, चालकको मृत्यु

चितवन, २९ फागुन । मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नंको ग्यास बुलेट त्रिशूली नदीमा गए राति खस्दा भारतीय चालकको मृत्यु भएको छ ।
इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नंको बुलेट राति साढे ९ बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनको नाम वतन खुल्न सकेको छैन । उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ  ।

Comment

Related News