• आज : Sunday 27 May 2018
    7:23:44 NST

म्यानचेस्टर सिटीलाई १६ अंकको अग्रता

काठमाडाैं, २९ फागुन । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा म्यानचेस्टर सिटीले रेलिगेसन जोनको स्टोक सिटीलाई २ – ० ले हराएको छ ।
स्टोकको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउन डेभिड सिल्भाले दुवै गोल गरे । सिल्भाले म्यानचेस्टर सिटीलाई जित दिलाउन दुवै हाफमा समान एक एक गोल गरेका थिए । पहिलो हाफको १० औं मिनेटमा पहिलो गोल गरेका सिल्भाले खेलको ५० औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए ।
यो जितसँगै म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । म्यानचेस्टर सिटीले लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १६ अंकको अग्रता बनाएको छ । म्यानचेस्टर सिटीले अब दुई खेल जिते उपाधि आफ्नो बनाउने छ ।
जितपछि म्यानचेस्टर सिटीले लिगको ३० खेलमा ८१ अंक जोडेको छ ।
 
पराजित स्टोक २७ अंक जोडेर लिगको पुछारबाट दोस्रो स्थानमा छ । लिगको  दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ६५ र तेस्रो स्थानको टोटनह्यामको ६१ अंक छ ।

Comment

Related News