• आज : Wednesday 23 May 2018
    12:52:22 NST

भारतद्वारा श्रीलंका पराजित

काठमाडाैं, २९ फागुन । ट्राइ सिरिज टि – ट्वान्टी क्रिकेट अन्तर्गतको निदास ट्रफीमा भारतले दोस्रो जित निकालेको छ । सोमबार राति वर्षाको कारण १९ ओभरमा झारिएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै भारतले दोस्रो जित निकालेको हो ।
कोलम्बोस्थित प्रेमादासा क्रिकेट मैदानमा श्रीलंकाले दिएको १५३ रनको लक्ष्य भारतले १७ ओभर ३ बलमा  मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा मनिस पाण्डेले अविजित ४२ तथा दिनेश कार्तिकले अविजित ३९ रन जोडे  ।  त्यस्तै सुरेश रैनाले २७, लोकेश राहुलले १८ र कप्तान रोहित शर्माले ११ रन बनाए । श्रीलंकाका अकिला दनानजयले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभरमा ९ विकेट गुमाएर १५२ रन जोडेको थियो । श्रीलंकाको लागि कुशल मेन्डिसले ५५ रनको अर्धशतकीय पारी खेले ।  त्यस्तै उपुल थरंगाले २२, दुसान शनाकाले १९ रन जोड्दा दनुस्का गुनाथिलाकाले १७ रन जोडे । भारतका सार्दुल ठाकुरले ४ तथा वासिंगटन सुन्दरले २ विकेट लिए ।
यो जितसँगै भारतले सिरिजको अंक तालिकामा ४ अंक जोडेको छ । ३ खेलमा दुई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहेको भारतले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।  पराजित श्रीलंकाले ३ खेलबाट २ अंक जोडेर दोस्रो स्थानमा छ  । 
यस्तै २ खेलमा २ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ । लिग खेलपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

Comment

Related News