• आज : Wednesday 23 May 2018
    12:52:42 NST

भैरहवामा उद्योगीलाई लक्षित गर्दै गोली प्रहार

भैरहवा, २९ फागुन । सिद्धार्थनगर उद्योग वाणिज्य संघका सदस्य हरि सेठियालाई लक्षित गर्दै गोली प्रहार भएको छ ।  भारतीय नम्बर प्लेटको मोटरसाइलकमा आएका एक समूहले उनलाई गोली हानेको भए पनि सेठिया भने जोगिन सफल भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले घटनाको पुष्टि गरे । गोली प्रहार गर्ने एकजना भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रमजान मुस्लिम रहेको प्रहरीले  जानकारी दिएको छ । उनको साथबाट पेस्तोल पनि बरामद भएको छ ।

Comment

Related News