• आज : Wednesday 23 May 2018
    12:53:43 NST

किन बचाउन सकिएन धेरै यात्रु ?

काठमाडाैं, २९ फागुन । त्रिभुवन विमानस्थलभित्र बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस-बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ ।
चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार विमान दुर्घटनामा २२ घाइते भएका छन् ।
किन बचाउन सकिएन धेरै यात्रु ?
-विमानस्थलभित्रै भएको दुर्घटनामा पनि धेरै यात्रुले ज्यान गुमाए । सामान्यतया विमानस्थलभित्र आकस्मिक अवस्थामा उद्धारका लागि सबै उपकरण र जनशक्ति तयारी अवस्थामा हुन्छन् ।
-विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालकले इमर्जेन्सी घोषणा नगरेका कारण ‘ग्राउन्ड’मा रहेका दमकल र एम्बुलेन्सलाई तत्काल परिचालन गर्न सकिएन ।
-जहाज दुर्घटनास्थलनजिकै नेपाली सेनाको उद्धार टोली रहेकाले दमकलले दुर्घटनालगत्तै आगो निभाउन थाले पनि एम्बुलेन्स भने करिब १० मिनेटपछि पुगेका थिए । याे खबर आजको नयाँ पत्रिकामा छ ।

Comment

Related News