• आज : Wednesday 23 May 2018
    12:44:47 NST

दुर्घटनाग्रस्त विमान र विमानस्थलकाे हृदयविदारक अवस्था

 मृतकको संख्या ४९ पुग्यो (अपडेट)

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।
दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए । जसमा ३७ पुरुष, दुई बच्चा र बाँकी महिला रहेका छन् । ४० जनाकाे मृत्यु भएकाे जनाइएकाे छ ।  
 
विमानमा काे काे थिए ३३ नेपाली 
१) शिला बजगाई, ६२ वर्ष
 
२) अल्गिना बराल, ५८ वर्ष
 
३) चारु बराल
 
४) सोविन्द्र सिंह बोहोरा
 
५) बसन्त बोहोरा
 
६) समिरा ब्यान्जनकार
 
७) प्रविण चित्रकार
 
८) सजना देवकोटा
 
९) प्रिन्सी धामी
 
१०) ज्ञानी कुमारी गुरुङ
 
११) दिनेश हुमागाई
 
१२) श्रेया झा
 
१३) पुर्णिमा लोहनी
 
१४) मिली मर्हजन
 
१५) निगा मर्हजन
 
१६) संजय मर्हजन
 
१७) केशव पाण्डे
 
१८) प्रसन्न पाण्डे
 
१९) विनोद राज पौडेल
 
२०) हरि शंकर पौडेल
 
२१) संजय पौडेल
 
२२) आशिष रंजित
 
२३) कृष्ण कुमार सहनी
 
२४) अस्ना शाक्य
 
२५) सनक शाक्य
 
२६) अंजिला श्रेष्ठ
 
२७) सरुना श्रेष्ठ
 
२८) हरि प्रसाद सुवेदी
 
२९) दयाराम ताम्रकार
 
३०) वाल कृष्ण थापा
 
३१) स्वेता थापा
 
३२) किशोर त्रिपाठी
 
३३) अगदेश कुमार यादव
 
 
‘जिरो टू र टू जिरोको कन्फ्युजन दुर्घटनाको कारण’
काठमाडौँ, २८ फागुन । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमान दुर्घटनाका कारणः 
– विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो ।
– यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो ।
– पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे ।
– गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलले ‘केही समस्या छ भनेर सोध्यो ?’
– त्यसपछि विमान आकाशमा नै दुई फन्को लगायो ।
– फेरि टावरले ‘आर यु ओके ?’ भनेर सोध्यो ।
– पाइलटले ‘वि आर ओके’ भन्यो ।
– तर, पनि विमानको अलाइन्मेन्ट मिलेको थिएन । 
– त्यसपछि जिरो टुबाट ल्याण्ड गराइयो ।
– विमान नेपाली सेनाको ह्याङ्गर नजिकबाट चिप्लिएर धवनमार्ग बाहिर गयो ।
– त्यहाँ पार्किङ गरिएका विमानलाई केही भएन ।
– तार भत्काउँदै खाल्डोमा गयो ।
– हामी विमानको गलत अवतरणमा स्टान्डबाई थियौँ । 
– तत्कार उद्दार सुरु भयो ।
– साढे चार बजेसम्म उपचारका लागि अस्पताल पठाइएका २५ जना मध्ये ८ जनाको मृत्यु भएको छ । दुई जना सामान्य उपचार पछि घर गए । 
 
 

Comment

Related News