• आज : Wednesday 23 May 2018
    12:41:16 NST

अपडेटःयूएस बंगला विमान दुर्घटना, ४० जनाको शव निकालियो (भिडियाे सहित)

 
काठमाडौं, २८ फागुन । वंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । 
विमान अवतरणका क्रममा रनवेबाट उछिट्एिपछि आगलागी भएको थियो ।  दुर्घटनाग्रस्त विमानबाट ४० जनाको शव निकालिएको विमानस्थल पुगेका डिआईजी वम बहादुर भण्डारीले जानकारी दिए । उद्धार गरिएका ३१ जनामध्ये ८ जनाको अस्पतालमा ज्यान गएको छ । घाइतेलाई सिनामंगल नर्भिक लगायतका अस्पताल लगिएको छ । 
दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो । विमानमा आगोलागेपछि काठमाडौं, भक्तपुर, ललितपुरको अग्नी नियन्त्रक बारुण यन्त्र विमानस्थल पुगेका थिए । नेपाली सेना, प्रहरी,शसस्त्र प्रहरी, विमानस्थलका कर्मचारीले घाइेतेको उद्धार गरेका थिए । घाइते मध्ये  ३३ जना नेपाली रहेका छन् । 
विमानमा आगलागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापासहितका सरकारी अधिकारी विमानस्थल पुगेका थिए । 
केएमसी अस्पताल सिनामंगल लगिएका मध्ये  ६ जनालाई मृत घोषणा गरिएको छ । मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ ।  पहिचान खुलेका मध्ये सजना देवकोटा, प्रबिण चित्रकार र हरिशंकर पौडेल रहेको अस्पतालमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै एक विदेशी रोकिबुल हसन मृतक रहेका छन् । थप विवरण आउँन बाँकी छ । 
..................................................................................................
घाइते ४ जनाको पहिचान खुल्यो 
त्रिभुवन विमानस्थलमा दुर्घटना परेको यूएर बंगलाको विमानकाका घाइतेहरुलाई उपचारको लागि लगिएको छ । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको र विमानबाट उद्धारगरि लगिएका मध्ये केहीको अस्पताल मै मृत्यु भएको छ । 
 
केएमसी अस्पताल सिनामंगल लगिएका मध्ये  ६ जनालाई मृत घोषणा गरिएको छ । मृतकमध्ये ३ जनाको पहिचान खुलेको छ ।  पहिचान खुलेका मध्ये सजना देवकोटा, प्रबिण चित्रकार र हरिशंकर पौडेल रहेको अस्पतालमा रहेको प्रहरीले जनाएको छ । त्यस्तै एक विदेशी रोकिबुल हसन मृतक रहेका छन् । विमानबाट २३ जनाको शव निकालिएको छ । थप विवरण आउँन बाँकी छ । 
 
============================================================================
बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।  अवतरणको क्रममा रहेको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेटमा रनवे मा दुर्घटनामा परेको हो । हालसम्म २० जनाको शव निकालिएको र १२ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।  ९० डिग्रि मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको बिमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणमा आएको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 
दुर्घटनामा घाइते भएका १४ जनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । विमानमा चालक दलका सदस्यसहित ७६ यात्रु सवार रहेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
 
प्रधानमन्त्री अाेली विमानस्थल पुगे
विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ । उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली पनि पुगेका हुन् ।
 
भिडियाे साभार (कान्तिपुर)
 

Comment

Related News