• आज : Wednesday 23 May 2018
    12:44:07 NST

साना किसान बैंक १७ करोड मुनाफामा

काठमाडाैं, २८ फागुन । साना किसान विकास बैंक लिले आर्थिक वर्ष २०६४/७५ को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख रुपैयाँ मुनाफा गरेको छ ।
बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा १७ करोड १६ लाख मुनाफा गरेको र नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति १७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।

Comment

Related News