• आज : Wednesday 23 May 2018
    12:45:49 NST

‘गाजलु’ टिमले बनाउने भयो ‘द ब्रेकअप’

काठमाडौं, २८ फागुन । ‘ग्याङस्टार ब्लूज’का डेब्यू ब्वाई आशिरमान देशराज जोशीलाई लिएर ‘गाजलु’ टिमले फिल्म ‘द ब्रेकअप’ घोषणा गरेको छ । विभिन्न कारणले लामो समयदेखि छायांकन शुरु हुन नसकेको फिल्मको अगाडि ‘द’ थपेर ‘ब्रेकअप’ को शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको हो । 
फिल्ममा आशिरमानको जोडीको रुपमा अभिनेत्री शिल्पा मास्के छिन् भने, अभिनेता सलोन बस्नेतसँग नव–अभिनेत्री इच्छा कार्कीको जोडी बाँधिएको छ । अष्ट्रेलिया र पोखरामा खिचिने फिल्मको आइतवारबाट छायांकन शुरु हुने निर्माता रोहित अधिकारीले जानकारी दिए । लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिने हेमराज विसी ‘द ब्रेकअप’ का निर्देशक हुन् । कथा पनि उनकै हो । उनले लभस्टोरी र कमेडी जनरामा फिल्म बन्ने जानकारी दिए । 
रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्मका लागि आशिरमानलाई १५ लाख पारिश्रमिकमा अनुवन्धित गरेको निर्माण टिमबाट खबर प्राप्त छ । ‘ग्याङस्टार ब्लूज’ बक्सअफिसमा असफल भएपछि ‘ब्रेकअप’ बाट आशिरमानलाई हटाइएको खबर पनि बाहिर आएको थियो । यस विषयमा जानकारी दिँदै निर्माता अधिकारीले भने, ‘यो गलत हल्ला हो । हाम्रो पहिलो र अन्तिम रोजाई नै आशिरमान हुन् ।’ आशिरमानले पनि यो खबरलाई गलत भने । उनले भने– ‘राम्रो फिल्म बनाउनका लागि समय लिएका मात्र हौं । यदी म निस्केको भए फेरि किन ‘द ब्रेकअप’ मा जोडिएँ ?’ अभिनेता सरोज खनालको समेत प्रमुख भूमिका रहने फिल्मको प्रदर्शन मिति पनि २०७५ सालको भदौ १५ गतेलाई तोकिएको छ । 
 

Comment

Related News