• आज : Wednesday 23 May 2018
    12:47:59 NST

गच्छदारले संसदमा ओलीलाई भने : हामी जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत हुन्छौ

काठमाडौं, २७ फागुन । संसदमा आफुहरु जिम्मेवार प्रतिपक्षीको रुपमा रहने काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताएका छन ।  उनले संसदलाइ सम्बोधन गर्दै भने,  सवा ३ महिना सरकारको गतिविधिलाई वाचडकका रुपमा हेर्ने बताए ।
प्रधानमन्त्रीले विश्वासको मत लिन डाकिएको प्रतिनिधिसभा बैठकमा नेता गच्छदारले आफुहरु सवा ३ महिना अर्थात् सय दिन पर्खिने बताए । आफुहरुको पहिलेदेखिको संस्कार यही रहेकाले नेता गच्छदारले हनिमुनप्रियड कट्न दिने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले गरेका प्रतिवद्धताहरु सय दिनमा कति पूरा हुन्छन् । कति प्राप्त हुन्छन् हामी हेर्छौ । भोट हालिहाल्दैनौँ । हनिमुन राम्ररी मनाउनुस् ।’ उनले २०४७ सालको संसदीय सुरुवात ठिक थिएन भने । 
गच्छदारले अगाडि भने, ‘२६–२७ वर्षपछि उत्कृष्ठ राजनीतिक व्यवस्था स्थापित भएको छ ।’ तर, संसदीय अभ्यासमा प्रतिपक्ष हुन्छ नै । प्रतिपक्षी विनाको संसदीय अभ्यासको परिकल्पना गर्न सकिँदैन, उनले भने ।
 

Comment

Related News