• आज : Thursday 26 April 2018
    10:03:21 NST

मंगलम, हुर्रे र गाँजाबाजा बीच भीडन्त

काठमाडाैं, २५ फागुन । यो शुक्रबार ३ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । छवि ओझा निर्मित मंगलम, कमेडि कथा हुर्रे र विवादित बन्दै आएको चलचित्र गाँजाबाँजा प्रदर्शनमा अाएका हुन् । 
मंगलम प्रेम तथा पारिवारिक कथामा बनेको फिल्म हो । नवल नेपालको निर्देशन रहेको फिल्ममा शिल्पा पोखरेल, साम्राज्ञी राज्यलक्ष्मी शाह, निर शाह, पुष्प खडका, पृथ्वी राज लगायतको अभिनय रहेको छ । फिल्मको पर्ख पर्ख मायालु बोलको गीत अहिले बजारमा निकै हिट छ । कृष्ण काफ्ले र बिन्दु परियारको स्वर रहेको गीतले फिल्मको हाइप नै बढाएको छ । सेन्सर बोर्डले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।
त्यस्तै फिल्म हुर्रेलाई पनि आशालाग्दो फिलमको रुपमा हेरिएको छ । यम थापा निर्देशित फिल्ममा केकी अधिकारी, अनुपबिक्रम शाहि, अंकित खड्का, राजाराम पौडेललगायतको अभिनय छ । कमेडि जनरामा बनेको फिल्मले पाशुपत क्षेत्रको कथा बोकेको छ । फिल्मलाई छिरिगं दोर्जे, सोनाम लामा लगायतको टीमले निर्माण गरेका हुन । फिल्मले पिजी सर्टिफिकेट पाएको छ, बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने भएको छ ।
एडल्ट मानिएको फिल्म गाँजा बाजा भने गणेशदेव पाढडे निर्देशित फिल्म हो । फिल्मले लागुऔषध र किशोर किशोरीहरुको जीवन देखाउने प्रयास गरेको छ । फिल्ममा अनुपराज शर्मा, सुसिल सिटौला, बर्षा सिवाकोटि लगायतको अभिनय रहेको छ । नाममा पनि विवादित बनेको फिलमलाई रिलिजका लागि सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ, जसकारण यो फिल्म हेर्न १६ बर्ष मुनिका बालबालिकालाई प्रतिबन्धित छ ।

Comment

Related News