• आज : Thursday 26 April 2018
    10:02:41 NST

‘गाजा बाजा’लार्इ एडल्ट प्रमाणपत्र

काठमाडौं, २३ फागुन । शीर्षकमै विवादित बनेको चलचित्र ‘गाजा बाजा’ले एडल्ट प्रमाण पत्र पाएको छ । सेन्सर बोर्डले चलचित्रलाई १६ बर्ष मुनिका दर्शकले हेर्न नमिल्ने प्रमाण पत्र दिँदै पास गरेको हो ।
गणेशदेव पाण्डे निर्देशित चलचित्र निर्माणको समयमा शिर्षकका कारण चलचित्र विकाश बोर्डका तत्कालीन अध्यक्ष राजकुमार राइले रोकेका थिए । लामो समयको कानुनी प्रक्रिया पश्चात चलचित्रले रिलिज अनुमती पाएको हो ।
२५ फागुनबाट प्रदर्शनमा आउने यो चलचित्र सेन्सर पास हुँदा युद्द नै जिते जस्तो भाएको निर्माता दीपेन्द्र रेग्मीले बताए । ‘चलचित्रको कानुनि प्रक्रियाले गर्दा लामो समयसम्म तनावै तनाव झेल्नु पर्यो’ निर्माता शाक्यले भने ‘ट्रेलर रिलिज पछि पनि केहि नकारात्मक कमेन्टले सतायो ।’ ‘चलचित्र सेन्सर पास भएपछि व्यावसायिक जस्तो भएपनि मतलव भएन । यति हो चलचित्र दर्शकसम्म पुग्ने बाटो खुल्यो’ रेग्मीले थपे । 
दिपेन्द्रसँगै गोमा विष्टको समेत चलचित्रमा लगानि रहेको छ । भूकम्प पछीको समयमा गाँजाको लागि मरिमेट्ने युवाको गाँजा हन्टिङको १ दिने कथामा बनेकोचलचित्रमा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजा बाजा’ निर्माण भएको हो ।

Comment

Related News