• आज : Monday 28 May 2018
    1:18:45 NST

प्रदिपको उपन्यास ‘सिक्रेट लभ’

काठमाडौं, फागुन ।  ट्रिटन इन्टरनेशल कलेज सुविधानगरमा ११ कक्षामा अध्यनरत मेधावि विद्यार्थी प्रदिप बस्नेतकोे उपन्यास ‘सिक्रेट लभ’ आइतबार सार्वजनिक गरियो ।
किशोर अवस्था (टिनएज) मा केटा र केटीको रुपमा आकर्षित भएर गरिने प्रेमको वखान सो उपन्यासमा गरिएको छ ।
कलेज प्रांगणमा भएको कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष विश्वनाथ शाह, भाइस प्रिन्सिपल श्रीकृष्ण विष्ट, प्रशासन प्रमुख ऋतु न्यौपाने, साहित्यकारहरु महेश पौड्याल, महेश कार्की, गीता त्रिपाठी र पुण्य प्रसाई लगायतले सो उपन्यासको विमोचन गर्दै सफलताको कामना गरे । उपन्यास केही दिनपछि बजारमा आउने लेखक बस्नेतले बताएका छन् ।
कलेजले प्रदिपको प्रतिभालाई उजागर गर्ने कार्यमा सहयोग गर्दै आएको प्रशासनप्रमुख न्यौपानेले बताइन । 

Comment