• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

माइतीघरमा डा केसीको समर्थनमा प्रदर्शनमा गरिदै : प्रदर्शनमा को को जाँदैछन त ?

जटिल बन्दै केसीको स्वास्थ्य अवस्था

काठमाडौं, असार । दुई हप्तादेखि १५ औं पटक चिकित्सा क्षेत्र सुधारका लागि भन्दै  आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीको समर्थनमा आज काठमाडौमा प्रदर्शन हुदैछ ।  प्रदर्शनमा आम नागरिकतहको सहभागिता हुने अपेक्षा गरिएको छ। नागरिक समाजका अगुवाहरु कार्यक्रममा सहभागिता जनाउँदै छन्। 
डा केसीको विरोधमा रहेको नेकपाका मेडिकल माफिया निकट स्वार्थ समुहका नेता कार्यकर्ताबाहेकका कार्यकर्ता तहले पनि कार्यक्रममा सहभागिता जनाउँदै छन्। 
केसीको मागको सुनुवाइको लागि अघिल्लो सरकारका पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेश अनुसारको विधेयक जस्ताको तस्तै संसदमा पेश गर्न दवाव दिइरहेको काँग्रेसका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागि हुँदैछन्। 
सडकमा डा केसीको मागको सुनुवाइको लागि निरन्तर दवाव दिदै आएको विवेकशिलका साझाका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागि हुँदैछन्। 
पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्रीदेखि सामाजिक अगुवाहरुको सहभागीतामा काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको छ। 
मध्यान्ह १२ बजेपछि हुने प्रदर्शनमा पुर्वप्रधानन्याधिशद्धय शुशीला कार्की र कल्याण श्रेष्ठ, पुर्व स्वास्थ्य मन्त्री तथा काँग्रेस नेता गगन थापा,  माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नागरिक अगुवाहरु कृष्ण पहाडी, चरण प्रसाईं, विवेकशिल साझाका संयोजकद्वय उज्ज्वल थापा, रबिन्द्र मिश्रलगायत सहभागी हुने जनाइएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस संस्थागत रुपमै प्रदर्शनमा सहभागि हुँदैछ। 
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ अनुसार नै ऐन बन्नुपर्नेलगायत स्वास्थ्य क्षेत्र सुधारका लागि सात सूत्रीय माग राखेर जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।मस्तिष्कमा देखिएको समस्या कारण केसी छिनछिनमा अर्धचेत हुने गरेको उनका सहयोगी डा जीवन क्षेत्रीले जानकारी दिए। 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशनरत डा केसीमा छाती दुख्ने, कमजोरीले चक्कर लाग्ने, वाकवाकी हुने, पेट दुख्ने, पिसावमा बढी किटोनजस्ता समस्या देखिएको  छ । 
 

प्रतिकृया दिनुहोस

आईतबारदेखि राजीनामा या सेवा बहिष्कार दुईमा एक हुन्छ : सरकारी चिकित्सक

काठमाडौँ ।  कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै पटक—पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बेवास्ता गरेको भन्दै आईतबारदेखि

सांसदले थाहा नपाइकनै कर्मचारी समायोजन विधेयक समितिबाट पास

काठमाडौँ ।  राज्‍य व्‍यवस्था समितिको बैठकबाट सांसदलाई जानकारी नदिइकनै कर्मचारी समायोजन विधेयक पास भएको छ। शुक्रबार राज्‍य व्‍यवस्था समिति

प्रधानसेनापतिद्वारा जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा

  काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेका छन् । जङ्गी अड्डा