• आज : Monday 28 May 2018
    1:23:08 NST

काठमाडौंमा ५० वर्ष पहिले फोहर विक्रि हुन्थ्यो, आज प्रदूषणको चपेटामा छौँ

             
काठमाडौं, १२ फागुन  । प्रदुषण नियन्त्रणमा राज्य उदासीन बन्दै गएको छ । हामी प्रदूषणको मार खेपिरहेका छौँ । अब मुलुक औपचारिक रुपमै संघीय संरचनामा गएको छ । सात प्रदेशका सातवटै राजधानी हुन्छन् । ती राजधानी मूल शहर ठहरिनेछन् । त्यतिमात्रै होइन अहिले महानगर, उपमहानगर र नगरहरु पनि थुप्रै छन् । शहरीकरण बढ्दो छ । तर, हामीले संघीयतामा जाँदा राजनीतिक र प्रशासनिक पुनःसंरचनालाई मात्रै ध्यानमा राख्यौँ कि, वातावरणीय प्रभावलाई पनि ध्यान दियौँ । अनि अहिले स्मार्टसिटीका कुरा धेरै सुनिएका छन् । त्यो स्मार्टसिटीको परिकल्पना कसरी गर्‍यौँ । बढ्दो शहरीकरणमा हामीले वातावरण प्रदूषण कसरी नियन्त्रण गर्न सक्छौँ रु हामीले वातावरणविद् भूषण तुलाधरसँग कुरा गरेका छौँ ।
 अहिले काठमाडौं उपत्यका मात्रै होइन प्रदूषणको मारमा लुम्बिनी समेत परेको छ । यसरी हामी विभिन्न शहर प्रदूषित हुँदै गएको खबर सुनिरहेका छौँ । साँच्चै प्रदूषण निकै बढेको हो 
–हो । लुम्बिनीमा पनि प्रदूषण बढेको भनेर खबर आएको छ । विशेषगरी लुम्बिनी क्षेत्रमा त्यहाँको उद्योगहरु, कारखानाहरु छन् । जसले गर्दा त्यहाँ प्रदूषण बढेको देखियो । मौसममा भारतबाट पनि प्रदूषण आउने भएको हुनाले त्यहाँ प्रदूषण बढेको हुनुसक्छ । हाम्रो मुलुक यति चाँडै शहरीकरण भइरहेको छ, तीब्र गतिमा । शहरीकरण हुनु पनेको राम्रो हो । नराम्रो होइन । मानिसहरुले सेवा पाउँछन् । धेरै जसो मान्छेहरु शहरमै बस्न चाहन्छन् । साथसाथै शहरीकरणमा प्रदूषणका धेरै स्रोत हुन्छन् । औद्योगिकरण, सवारी साधन र जनसंख्याको चापले प्रदूषण बढ्न सक्छ । अब हामीले शहरीकरण गर्ने नाममा प्रदूषण न्यूनिकरणलाई नजरअन्दाज गर्न हुँदैन । कसरी प्रदूषणरहित शहर निर्माण गर्नसकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्छ । योजनावद्ध तवरले शहरिकरण गरेर लानु पर्ने हुन्छ । नभए काठमाडौंमा जसरी प्रदूषण बढ्यो, त्यसको असर हामीले जुन देखिरहेका छौँ । अन्य प्रदेशमा, जहाँ तीब्रगतिमा शहरीकरण भइरहेको छ, त्यहाँ पनि हामी त्यो असर देख्न सक्छौँ ।  
 प्रदूषणरहित शहरीकरण गर्न सकिँदैन । उपायहरु छैनन् 
–एकदमै छ । धेरै शहरमा प्रदूषण नियन्त्रण गर्नका लागि विभिन्न अपनाइएका छन् । शहरीकरणमा प्रदूषणका स्रोत के हुन् तिनलाई चिन्न सक्नु पर्‍यो  । शहर बसाउनु भन्दा पहिले नै त्यसलाई पहिचान गरेर प्रदूषणका स्रोत कम गर्न सक्यौँ भने धेरै गर्न सकिन्छ । जस्तो उदाहरणको लागि फोहर मैलाकै कुरा गरौँ । काठमाडौंमा फोहर मैलाको समस्या भनेको दुई तिन दशक भयो । फोहर निकै बढेको छ । त्यसको मूख्य कारण के हो भने, काठमाडौंका बासिन्दाले फोहर बाटोमा फाल्ने, महानगरले उठाउने, त्यसपछि कहीँ लगेर फाल्ने । ल्याण्डफिल साइड भरिएपछि अर्को ल्याण्डफिल साइड खोज्ने । यो फोहरलाई सोझै लगेर फाल्दा कहिल्यै पनि सफा हुँदैन । त्यो शहर प्रदूषण मुक्त कहिल्यै पनि हुँदैन । फोहरलाई सकेसम्म घरमै, टोलमै अथवा शहरमै पुनः प्रयोग गर्नु पर्छ भन्ने हो । जस्तै धनकुटाले गरिरहेको छ । नेपालका अन्य केही शहरमा गरिरहेका छन् । फोहर मैला व्यवस्थापनका उपायहरु काठमाडौंबाट होइन अन्य शहरबाट धेरै सिक्न सकिन्छ । वायु प्रदूषणको कुरा गर्दा पनि जुन कारणहरु छन् । यो यातायातका माध्यमहरु जुन छन् । त्यसबाट हुने प्रदूषणलाई पनि कम गर्न सकिन्छ । सकेसम्म शहरी क्षेत्रमा निजी सवारी भन्दा पनि सार्वजनिक यातायात, साइकल, पैदललाई प्रोत्साहन गर्न पाइयो भने पनि धेरै हदसम्म कम हन्थ्यो । विद्युतीय सवारी साधन प्रयोगमा  जोड दिइनु पर्ने आवाज उठिरहेको छ । विद्युतीय सवारी साधन विस्तारै प्रयोगमा आउँछन् होला । यसरी प्रदूषण नियन्त्रण गर्ने धेरै उपायहरु छन् । उद्योगकै कुरा गर्दा शहरी क्षेत्र नजिकै प्रदूषण गर्ने उद्योग राख्नु भएन । अर्को कुरा शहर धेरै प्रदूषण हुने भनेको नदीहरु फोहर भएर हो । नदी सफा हुन ढल व्यवस्थापन मूख्य कुरा हो । ढल व्यवस्थापनमा विशेष ध्यान दिनु पर्छ । शहरीकरण गर्दा यि सबै कुरालाई ध्यान दिएर योजनावद्ध ढ्रंगले काम गर्नु पर्छ । पहिले घर बन्न दिने र पछि सबै कुरा सोचौँला भनेपछि यो समस्याबाट कहिल्यै मुक्ति पाइँदैन ।
 हामी प्रदूषण नियन्त्रणका हिसाबले कहाँनेर छौँ
–हामी प्रदूषण नियन्त्रणका हिसाबले काठमाडौं लगायतका ठूला शहरमा जटिलता छ । अन्य अहिले बन्न लागेका साना शहर सुधार गर्ने प्रसस्त ठाउँहरु छ । काठमाडौंमा पनि गर्न नसकिने भन्ने होइन । काठमाडौंको प्रदूषण नियन्त्रण गर्न पर्याप्त मात्रामा सम्भावनाहरु छन् । समस्या मात्र होइन समाधान पनि छन् भनेर सोच्ने हो भने, सकिन्छ । प्रदूषण निश्चय नै बढेको छ । वीरगन्ज भन्नुस् । वीरगञ्जको सिर्सिया नदी समेत प्रदूषित भएको छ । समाधान पनि छन् । मैले अघि धनकुटाको नाम लिएँ । बाग्लुङले पनि केही राम्रो काम गरेको छ । स्याङजाले पनि राम्रो काम गरेको छ । ति साना शहरबाट हामी सिक्न सक्छौँ ।
 
० नेपालमा नजानेर प्रदूषण बढेको कि जान्दा–जान्दै प्रदूषण बढेको रु
–धेरै जसो व्यवहारको कुरा हो । जानेर पनि नगर्ने कुराहरु । फोहर गर्दा वातावरण प्रदूषण हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । व्यवहार ठिक नहुँदा समस्या हुने हो । नेपाली संस्कृतिलाई पनि हेर्ने हो भने । जस्तो, काठमाडौंमा पहिले पहिले के गरिन्थ्यो त, एउटा पूरानो किताब छ । ‘द नेवारर्स’ भन्ने । करिब करिब ५० वर्ष पहिलेको हो । पाँगाको बारेमा खोजी गरिएको थियो । त्यसमा के लेखिएको छ भन्दा,‘ त्यहाँका नेवारहरुले फोहरलाई टिनमा राखेर बेच्थे भनेर’ । ५० पैसा प्रतिटिनमा । त्यो बेलाको फोहर भनेको मल मूत्र नै हो । त्यो बेला काठमाडौंका मान्छेहरुले के जानेका थिए भने फोहर मोहर हो, मूल्यवान चिज हो । यसको मूल्य हुन्छ । यसलाई व्यवस्थापन गर्ने भनेको, पुनः प्रयोग गर्ने हो र त्यो व्यवस्थापन गर्ने जिम्मा पनि मेरै हो, भन्ने सम्झनु पर्दछ । जसले फोहर उत्पादन गर्छ । तीनटा कुरा । फोहर मूल्यवान हुन्छ, फोहरको व्यवस्थापन भनेको त्यसको पुनः प्रयोग गर्ने हो र फोर व्यवस्थापन गर्ने जिम्मा पनि फोहर उत्पादन गर्ने कर्ता कै हो । यो मूल्यमान्यता यति महत्वपूर्ण छ । यदि अहिले हामी फोहर व्यवस्थापन गर्ने हो भने यही कुराहरुलाई हामीले समात्नु छ  । र, अहिलेको नयाँ प्रविधिहरु प्रयोग गर्न सकिन्छ । तर, परम्परागत मूल्यमान्यतामा टेकेर अगाडि बढ्नु पर्छ । हाम्रो संस्कृति मूल्यमान्यता  र व्यवहारसँग यो प्रदूषण ठोकिन जान्छ । हामी हाम्रा सबै तहका व्यत्तिहरुलाई सिकाउन सक्छौँ । शहरी क्षेत्रमा कुनै नियम लागू गरेर होइन भित्रैदेखि फोहर गर्नु हुँदैन भन्ने मूल्यको जगजाहेर गर्नु पर्छ ।
 
० हामी संघीयतामा गइसकेपछि तीब्र शहरीकरणमा लागेका छौँ । हामीलाई के खुसी छ भने गाउँगाउँ पनि शहर हुन्छन् । तर, पर्यावरणलाई ध्यान दिएर  पूर्वतयारीका साथ शहरीकरणमा गएको छौँ त हामी रु  
–खासै छैन जस्तो लाग्छ । संघीयताको कुरा गर्दा राजीतिक रुपमा सोचिरहेका छौँ । राजनीतिक तवरले संघीयतामा के हुने के नहुने भन्ने सोच्यौँ, तर, जसरी हामी हाम्रो समाजमा भएको रुपान्तरणलाई हेरिरहेका छौँ त्यो तपाईले भनेको जस्तो पूर्वतयारीका साथ छ जस्तो लाग्दैन । राजनीतिले प्रभाव पार्छ नै । पहिले हामी गाउँनै गाउँले बनेको देश भन्थ्यौ । अहिले ५० प्रतिशत जनता नगरमा बस्छन् । २९३ वटा नगरपालिकामा धेरै जनता बस्छन् । नगरमा बस्ने धेरैको चाहाना हो । तर, शहरीकरण कसरी गर्ने रु शहरीकरण गर्दा के–के कुरामा लगानी गर्नु पर्छ रु भन्नेमा खासै धेरै काम भएको देखिँदैन । अहिले नयाँ जनप्रतिनिधिहरु आउनु भएको छ । उत्साह त छ । तर, शहरीकरणबाट जसरी हामीले फाइदा लिनसक्छौँ र प्रदूषणलाई अहिलेदेखिनै कसरी रोक्न सकिन्छ भन्ने कुरामा धेरै सोचिएको जस्तो लाग्दैन । 
               
 
काठमाडौं, १२ फागुन  ।प्रदुषण नियन्त्रणमा राज्य उदासीन बन्दै गएको छ । हामी प्रदूषणको मार खेपिरहेका छौँ । अब मुलुक औपचारिक रुपमै संघीय संरचनामा गएको छ । सात प्रदेशका सातवटै राजधानी हुन्छन् । ती राजधानी मूल शहर ठहरिनेछन् । त्यतिमात्रै होइन अहिले महानगर, उपमहानगर र नगरहरु पनि थुप्रै छन् । शहरीकरण बढ्दो छ । तर, हामीले संघीयतामा जाँदा राजनीतिक र प्रशासनिक पुनःसंरचनालाई मात्रै ध्यानमा राख्यौँ कि, वातावरणीय प्रभावलाई पनि ध्यान दियौँ । अनि अहिले स्मार्टसिटीका कुरा धेरै सुनिएका छन् । त्यो स्मार्टसिटीको परिकल्पना कसरी गर्‍यौँ । बढ्दो शहरीकरणमा हामीले वातावरण प्रदूषण कसरी नियन्त्रण गर्न सक्छौँ रु हामीले वातावरणविद् भूषण तुलाधरसँग कुरा गरेका छौँ ।
 अहिले काठमाडौं उपत्यका मात्रै होइन प्रदूषणको मारमा लुम्बिनी समेत परेको छ । यसरी हामी विभिन्न शहर प्रदूषित हुँदै गएको खबर सुनिरहेका छौँ । साँच्चै प्रदूषण निकै बढेको हो 
–हो । लुम्बिनीमा पनि प्रदूषण बढेको भनेर खबर आएको छ । विशेषगरी लुम्बिनी क्षेत्रमा त्यहाँको उद्योगहरु, कारखानाहरु छन् । जसले गर्दा त्यहाँ प्रदूषण बढेको देखियो । मौसममा भारतबाट पनि प्रदूषण आउने भएको हुनाले त्यहाँ प्रदूषण बढेको हुनुसक्छ । हाम्रो मुलुक यति चाँडै शहरीकरण भइरहेको छ, तीब्र गतिमा । शहरीकरण हुनु पनेको राम्रो हो । नराम्रो होइन । मानिसहरुले सेवा पाउँछन् । धेरै जसो मान्छेहरु शहरमै बस्न चाहन्छन् । साथसाथै शहरीकरणमा प्रदूषणका धेरै स्रोत हुन्छन् । औद्योगिकरण, सवारी साधन र जनसंख्याको चापले प्रदूषण बढ्न सक्छ । अब हामीले शहरीकरण गर्ने नाममा प्रदूषण न्यूनिकरणलाई नजरअन्दाज गर्न हुँदैन । कसरी प्रदूषणरहित शहर निर्माण गर्नसकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्छ । योजनावद्ध तवरले शहरिकरण गरेर लानु पर्ने हुन्छ । नभए काठमाडौंमा जसरी प्रदूषण बढ्यो, त्यसको असर हामीले जुन देखिरहेका छौँ । अन्य प्रदेशमा, जहाँ तीब्रगतिमा शहरीकरण भइरहेको छ, त्यहाँ पनि हामी त्यो असर देख्न सक्छौँ ।  
 प्रदूषणरहित शहरीकरण गर्न सकिँदैन । उपायहरु छैनन् 
–एकदमै छ । धेरै शहरमा प्रदूषण नियन्त्रण गर्नका लागि विभिन्न अपनाइएका छन् । शहरीकरणमा प्रदूषणका स्रोत के हुन् तिनलाई चिन्न सक्नु पर्‍यो  । शहर बसाउनु भन्दा पहिले नै त्यसलाई पहिचान गरेर प्रदूषणका स्रोत कम गर्न सक्यौँ भने धेरै गर्न सकिन्छ । जस्तो उदाहरणको लागि फोहर मैलाकै कुरा गरौँ । काठमाडौंमा फोहर मैलाको समस्या भनेको दुई तिन दशक भयो । फोहर निकै बढेको छ । त्यसको मूख्य कारण के हो भने, काठमाडौंका बासिन्दाले फोहर बाटोमा फाल्ने, महानगरले उठाउने, त्यसपछि कहीँ लगेर फाल्ने । ल्याण्डफिल साइड भरिएपछि अर्को ल्याण्डफिल साइड खोज्ने । यो फोहरलाई सोझै लगेर फाल्दा कहिल्यै पनि सफा हुँदैन । त्यो शहर प्रदूषण मुक्त कहिल्यै पनि हुँदैन । फोहरलाई सकेसम्म घरमै, टोलमै अथवा शहरमै पुनः प्रयोग गर्नु पर्छ भन्ने हो । जस्तै धनकुटाले गरिरहेको छ । नेपालका अन्य केही शहरमा गरिरहेका छन् । फोहर मैला व्यवस्थापनका उपायहरु काठमाडौंबाट होइन अन्य शहरबाट धेरै सिक्न सकिन्छ । वायु प्रदूषणको कुरा गर्दा पनि जुन कारणहरु छन् । यो यातायातका माध्यमहरु जुन छन् । त्यसबाट हुने प्रदूषणलाई पनि कम गर्न सकिन्छ । सकेसम्म शहरी क्षेत्रमा निजी सवारी भन्दा पनि सार्वजनिक यातायात, साइकल, पैदललाई प्रोत्साहन गर्न पाइयो भने पनि धेरै हदसम्म कम हन्थ्यो । विद्युतीय सवारी साधन प्रयोगमा  जोड दिइनु पर्ने आवाज उठिरहेको छ । विद्युतीय सवारी साधन विस्तारै प्रयोगमा आउँछन् होला । यसरी प्रदूषण नियन्त्रण गर्ने धेरै उपायहरु छन् । उद्योगकै कुरा गर्दा शहरी क्षेत्र नजिकै प्रदूषण गर्ने उद्योग राख्नु भएन । अर्को कुरा शहर धेरै प्रदूषण हुने भनेको नदीहरु फोहर भएर हो । नदी सफा हुन ढल व्यवस्थापन मूख्य कुरा हो । ढल व्यवस्थापनमा विशेष ध्यान दिनु पर्छ । शहरीकरण गर्दा यि सबै कुरालाई ध्यान दिएर योजनावद्ध ढ्रंगले काम गर्नु पर्छ । पहिले घर बन्न दिने र पछि सबै कुरा सोचौँला भनेपछि यो समस्याबाट कहिल्यै मुक्ति पाइँदैन ।
 हामी प्रदूषण नियन्त्रणका हिसाबले कहाँनेर छौँ
–हामी प्रदूषण नियन्त्रणका हिसाबले काठमाडौं लगायतका ठूला शहरमा जटिलता छ । अन्य अहिले बन्न लागेका साना शहर सुधार गर्ने प्रसस्त ठाउँहरु छ । काठमाडौंमा पनि गर्न नसकिने भन्ने होइन । काठमाडौंको प्रदूषण नियन्त्रण गर्न पर्याप्त मात्रामा सम्भावनाहरु छन् । समस्या मात्र होइन समाधान पनि छन् भनेर सोच्ने हो भने, सकिन्छ । प्रदूषण निश्चय नै बढेको छ । वीरगन्ज भन्नुस् । वीरगञ्जको सिर्सिया नदी समेत प्रदूषित भएको छ । समाधान पनि छन् । मैले अघि धनकुटाको नाम लिएँ । बाग्लुङले पनि केही राम्रो काम गरेको छ । स्याङजाले पनि राम्रो काम गरेको छ । ति साना शहरबाट हामी सिक्न सक्छौँ ।
 
० नेपालमा नजानेर प्रदूषण बढेको कि जान्दा–जान्दै प्रदूषण बढेको रु
–धेरै जसो व्यवहारको कुरा हो । जानेर पनि नगर्ने कुराहरु । फोहर गर्दा वातावरण प्रदूषण हुन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । व्यवहार ठिक नहुँदा समस्या हुने हो । नेपाली संस्कृतिलाई पनि हेर्ने हो भने । जस्तो, काठमाडौंमा पहिले पहिले के गरिन्थ्यो त, एउटा पूरानो किताब छ । ‘द नेवारर्स’ भन्ने । करिब करिब ५० वर्ष पहिलेको हो । पाँगाको बारेमा खोजी गरिएको थियो । त्यसमा के लेखिएको छ भन्दा,‘ त्यहाँका नेवारहरुले फोहरलाई टिनमा राखेर बेच्थे भनेर’ । ५० पैसा प्रतिटिनमा । त्यो बेलाको फोहर भनेको मल मूत्र नै हो । त्यो बेला काठमाडौंका मान्छेहरुले के जानेका थिए भने फोहर मोहर हो, मूल्यवान चिज हो । यसको मूल्य हुन्छ । यसलाई व्यवस्थापन गर्ने भनेको, पुनः प्रयोग गर्ने हो र त्यो व्यवस्थापन गर्ने जिम्मा पनि मेरै हो, भन्ने सम्झनु पर्दछ । जसले फोहर उत्पादन गर्छ । तीनटा कुरा । फोहर मूल्यवान हुन्छ, फोहरको व्यवस्थापन भनेको त्यसको पुनः प्रयोग गर्ने हो र फोर व्यवस्थापन गर्ने जिम्मा पनि फोहर उत्पादन गर्ने कर्ता कै हो । यो मूल्यमान्यता यति महत्वपूर्ण छ । यदि अहिले हामी फोहर व्यवस्थापन गर्ने हो भने यही कुराहरुलाई हामीले समात्नु छ  । र, अहिलेको नयाँ प्रविधिहरु प्रयोग गर्न सकिन्छ । तर, परम्परागत मूल्यमान्यतामा टेकेर अगाडि बढ्नु पर्छ । हाम्रो संस्कृति मूल्यमान्यता  र व्यवहारसँग यो प्रदूषण ठोकिन जान्छ । हामी हाम्रा सबै तहका व्यत्तिहरुलाई सिकाउन सक्छौँ । शहरी क्षेत्रमा कुनै नियम लागू गरेर होइन भित्रैदेखि फोहर गर्नु हुँदैन भन्ने मूल्यको जगजाहेर गर्नु पर्छ ।
 
 हामी संघीयतामा गइसकेपछि तीब्र शहरीकरणमा लागेका छौँ । हामीलाई के खुसी छ भने गाउँगाउँ पनि शहर हुन्छन् । तर, पर्यावरणलाई ध्यान दिएर  पूर्वतयारीका साथ शहरीकरणमा गएको छौँ त हामी रु  
–खासै छैन जस्तो लाग्छ । संघीयताको कुरा गर्दा राजीतिक रुपमा सोचिरहेका छौँ । राजनीतिक तवरले संघीयतामा के हुने के नहुने भन्ने सोच्यौँ, तर, जसरी हामी हाम्रो समाजमा भएको रुपान्तरणलाई हेरिरहेका छौँ त्यो तपाईले भनेको जस्तो पूर्वतयारीका साथ छ जस्तो लाग्दैन । राजनीतिले प्रभाव पार्छ नै । पहिले हामी गाउँनै गाउँले बनेको देश भन्थ्यौ । अहिले ५० प्रतिशत जनता नगरमा बस्छन् । २९३ वटा नगरपालिकामा धेरै जनता बस्छन् । नगरमा बस्

Comment

Related News