• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

फ्रान्स र क्रोएसिया कस्ले चुम्ला उपाधि ?

काठमाडौं । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आगामी आइतबार फ्रान्स र क्रोएसिया भिड्ने भएका छन् । यो खेलमा जसले विजय हात पार्नेछ उस्ले ४ वर्षसम्म विश्व विजेताको रुपमा विश्व फुटबलमा राज गर्नेछ । अनि सुनको ट्रफी चुम्ने हक पाउने छ । तर यी दुई टोलीमध्ये कस्ले चुम्ला त सुनको ट्रफि ?

 

यी दुई टोलीको भिडन्त आगामी आइतबार राति पौने ९ बजे मस्कोस्थित लुज्निकी रंगशालामा हुदैछ । एक पटक विश्व कपको उपाधि उचालिसकेको फ्रान्स र उपाधि चुम्दै इतिहास रच्ने दाउमा देखिएको क्रोएसिया फाइनलमा पुगेसँगै नयाँ टोलीले उपाधि जित्छ कि पुरानै टोलीले भन्ने अड्कलबाजी पनि शुरु भएको छ ।
क्रोएसियाले बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो, भने फ्रान्सले बेल्जियममाथि १–० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको हो । फ्रान्स तेस्रो पटक फाइनलमा पुगेको हो । सन् १९९८ मा उपाधि जितेको फ्रान्सले २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो ।

 

 विश्वकपको फाइनलमा पहिलो पटक पुगेर इतिहास बनाएको क्रोएसियालाई नयाँ च्याम्पियन बन्ने सुनौलो अवसर आएको छ । युरोपको ‘प्लेअफ’ मा ग्रिसलाई समग्रमा ४–१ गोलले पछि पारेर पाँचौ पटक विश्वकपमा स्थान बनाएको क्रोएसियाले सन् १९९८ मा तेस्रो स्थान हात पार्नु बाहेकको उपलब्धी हासिल गर्न सकेको छैन । 

तर यसपटक क्रोएसियाले सम्झनलायकको प्रर्दशन गर्दे पहिलो पटक विश्वकपमा फाईनलसम्मको यात्रा तय गरेको छ । विश्वकपको फाइनलमा स्थान बनाएसँगै क्रोएसियाले केही रेकर्ड समेत बनाएको छ । बुधबार राती भएको सेमिफाईनल खेल जित्दै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा स्थान बनाउन सफल भयो । युरोपबाट फाइनलमा पुग्ने क्रोएसिया १० औं टिम बनेको छ ।

 

हालसम्म विश्वकपको उपाधी ८ टिमले मात्र जितेका छन् । आइतबार फ्रान्सलाई हराउन सके क्रोएसिया विश्वकप जित्ने नवौं टिम मात्र होइन नयाँ च्याम्पियन समेत बन्नेछ । विश्वकपको फाइनलमा पुग्ने क्रोएसिया जनसंख्याको आधारमा दोस्रो सानो देश हो । यसअघि उरुग्वेले १९ लाख जनसंख्या हुँदा फाइनलमा स्थान पक्का गरेको थियो । हाल क्रोएसियाको जनसंख्या ४२ लाख छ । 

 

फिफा बरियतामा २० औं स्थानमा रहेको क्रोएसिया फाइनलमा पुग्ने अहिलेसम्मकै कम वरीयताको टिम पनि बनेको छ । यसपटक लुका मोडरिचको कप्तानीमा रहेको क्रोएसिया पहिलो पटक उपाधी जित्न मरिमेटेर लागेको छ । क्रोएसिया अग्रपंक्तिमा फरवार्ड मारियो मान्जुकिचे राम्रो लयमा छन् । 

 

क्रोएसियाको टिम सन्तुलित पनि छ । यता सेमिफाइन खेलमा बेल्जियमलाई पराजीत गर्दे फाईनल पुगेको फ्रान्सको विश्वकपमा यो तेस्रो पटकको फाइनल यात्रा हो । सन् १९९८ र सन् २००६ मा उसले फाइनल खेलिसकेको छ । सन् १९९८ मा विजेता बनेको फ्रान्स सन् २००६ मा इटालीसँग पराजित भएको थियो । त्यसो त उपाधि उचाल्नबाट एक कदम पछि मात्रै रहेको फ्रान्स पनि उपाधी जित्दै १९९८ को ईतिहास दोहो¥याउने दाउमा देखिन्छ । फाईनलमा क्रोएसियालाई हराउन सके फ्रान्सले दोश्रोपटक उपाधी उचाल्दै विजेताको सुचिमा आफ्नो नाम दर्ता गराउनेछ । 

 

सन् १९९८ को विश्व विजेता फ्रान्स १५ औं पटक विश्वकप खेलिरहेको छ । फिफा वरियताको ७ औ स्थानमा रहेको फ्रान्स युरोप छनोटको समूह ‘ए’ को विजता हुँदै विश्वकपमा छानिएको टोली हो । सन् १९९८ पछि दोस्रो पटक उपाधि जित्ने लक्ष्य राखेको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिना माथी सानदार जित दर्ता गरेको थियो ।

 

जसमा १९ वर्षिय काईलियन एम्बाप्पेको प्रर्दशन उत्कृष्ट र¥यो । जारी विश्वकपमा फ्रान्सले आफुलाई शसक्त दाबेदारका रुपमा प्रस्तुत गरिरहेको छ । तर पुरानै टोली फ्रान्सले वा नयाँ टोली क्रोएसिया मध्ये कस्ले विश्वकपको उपाधी उचान्ने हो ? यो भने जुलाई १५ मा मस्कोस्थित लुज्निकि रंगशालामा हुने फाईनल खेलले निर्धारण गर्नेछ । 

प्रतिकृया दिनुहोस

सन्दीपको सफलता, आईपीएल खेल्ने पुनः पक्‍का

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)

च्यासल ‘राइनो गोल्ड कप’ च्याम्पियन 

काठमाडौं । ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लबले सिजनको पहिलो उपाधिको रुपमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ

नेपाली महिला टोलीको अबको लक्ष्य साफ च्याम्पियनसिप

काठमाडौं । काठाडौं सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तरगतको एसिया क्षेत्रको प्रारम्भिक छनोट चरण पार गरेको नेपाली महिला राष्ट्रिय