• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

 "बिजेताले उपाधिसहित कति पाउँछ त पुरस्कार ?"

उपाधिका लागि फ्रान्स र क्रोएसिया प्रतिस्पर्धामा

काठमाडौं । रूसमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र क्रोएसिया प्रतिस्पर्धामा छन् । मस्कोस्थित लुज्निकी रंगशालामा यी दुई टोलीको भिडन्त आगामी आइतबार राति पौने ९ बजे हुदैछ । विश्वकपको ट्रफीबाट एक कदम पछि रहेको फ्रान्स दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्ने दाउमा छ । 

यता विश्वकपको फाइनलमा पहिलो पटक पुगेको क्रोएसिया आफ्नो फुटबल इतिहासमा स्वर्णिम काल बनाउन आतुर छ । यी दुईबीच कस्ले उपाधी चुम्ने हो ? यो भने जुलाई १५ मा हुने रुस विश्वकपको फाइनल खेलले नै टुंगो लाग्नेछ । तर जुन राष्ट्रले विश्वपकको उपाधि चुम्छ त्यो राष्ट्रले ट्रफीसहित मोटो नगद पुरस्कार समेत हात पार्छ । यद्यपी ट्रफी नउचाल्ने टिमले पनि रित्तो हात भने फर्किनु पर्दैन । 

विश्वकप विजेताले १८ क्यारेट सुनको ट्रफीसँगै ३८ मिलियन अमेरिकी डलर हात पार्नेछ । यो रकम गत संस्करणेको रकमभन्दा ३ मिलियन बढी हो । सन् २०१४ को ब्राजिल विश्वकपको विजेताले ३५ मिलियन डलर प्राप्त गरेको थियो । दोस्रो हुने टिमले २८ मिलियन अमेरिकी डलर हात पार्नेछ । ब्राजिल विश्वकपमा दोस्रो हुने टिमलाई फिफाले २५ मिलियन डलर प्रदान गरेको थियो ।

तेस्रो हुने टिमले २४ मिलियन डलर हात पर्दा चौथो स्थानमा चित्त बुझाउने टोलीले २२ मिलियन अमेरिकी डलर पाउनेछ । 

विश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ वटा देशलाई पनि फिफाले पुरस्कार दिन्छ । अन्तिम ८ मा पुग्नेले प्रतिटोली १६ मिलियन डलर पाउँछन् । यस्तै, राउन्ड १६ मा पुग्ने टिमलाई पनि फिफाले पुरस्कार प्रदान गर्छ । उत्कृष्ट १६ ले प्रतिटिम १२ मिलियन डलर प्राप्त गर्छन् । विश्वकपमा समूह चरणमा खेल्ने टिमलाई पनि फिफाले रित्तो हात घर फर्काउँदैन । समूह चरणबाटै घर फर्किने टिमले पनि ८ मिलियन डलर हात पार्छन् । यो हिसाब जोड्ने हो भने पुरस्कारका लागि मात्रै फिफाको खर्च ४ सय मिलियन अमेरिकी डलर हुन आउँछ । 

ब्राजिल विश्वकपमा ३५८ मिलियन डलर पुरस्कारमा खर्च भएको थियो । विश्वकप खेल्ने प्रत्येक टिमलाई खेलको तयारीका लागि १.५ मिलियन डलर दिइन्छ । यो फिफा विश्वकप फुटबल प्रतियोगिताकोे सबैभन्दा महत्वपुर्ण पक्ष हो । 

त्यस्तै, विश्वकप खेल्ने हरेक खेलाडीको १३४ मिलियन डलरबराबरको बिमा गरिएको हुन्छ । यसपटक विश्वकप खेल्ने देशमा युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीटजरल्याण्ड, क्रोयसिया, स्वीडेन र डेनमार्क सहभागी थिए । एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया, अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्को, उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा, र यस्तै दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरु सहभागी थिए । फाईनलमा स्थान बनाउने फ्रान्स र क्रोएसिया दुबै युरोपेली राष्ट्र हुन् ।
 

प्रतिकृया दिनुहोस

ओलम्पिक छनोट : नेपालले भारत र म्यानमार फेरि खेल्ने

काठमाडौं । सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोटको दोस्रो चरणमा नेपालले पुरानै प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने

इरानलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ। नेपालले बुधबार भारतको

आफ्नै मैदानमा स्तब्ध म्यानचेस्टर युनाइटेड, नेइमार र काभानी बिनै पिएसजीको शानदार जित

 काठमाडौँ । दुई स्टार खेलाडी बिहीन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पछिल्लो समय उत्कृष्ट लयमा रहेको र स्टार खेलाडीले युक्त म्यानचेस्टर