• बुधबार १०-९-२०७५/Wednesday 01-23-2019

नेपाल–चीन परामर्श बैठक सम्पन्न

प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिने छलफल


काठमाडौँ, असार । नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भयो । 
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्वको यातायात मन्त्रालयका उपसचिव लियु सियाओमिङले गरेका थिए। 
नेपाली प्रतिनिधिमण्डलमा उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीहरु सम्मिलित हुनुहुन्थ्यो । 
चिनियाँ प्रतिनिधिमण्डलमा चीनको यातायात मन्त्रालय, वैदेशिक मामिला मन्त्रालय, सार्वजनिक सुरक्षा मन्त्रालय, जलयातायात ब्यूरो, भन्सार प्रशासन र राष्ट्रिय रेलमार्ग प्रशासनका अधिकारीहरु सम्मिलित थिए । 
सकेसम्म चाँडो उक्त प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिने विषयमा दुई पक्षबीच मैत्री र सौहार्दपूर्ण वातावारणमा रचनात्मक छलफल भएको र तेस्रो परामर्श बैठक शीघ्र काठमाडौँ गर्ने सहमति बनेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । 
बैठकअघि नेपाली प्रतिनिधिमण्डललाई तियानजिन बन्दरगाहको भ्रमण गराइएको थियो त्यहाँका अधिकारीहरुले नेपाली टोलीलाई बन्दरगाह संरचनाबारे जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

मुस्ताङमा कालिगण्डकी थुनियो

काठमाडौं,  माघ  । मुस्ताङको घरपझोङ गाउँपालिकामा कालीगण्डकी नदी थुनिएको छ । बुधबार विहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने

हुम्लामा हिउँमा चिप्लेटी

हुम्ला । हुम्लामा पहिलो पटक स्किङ्ग ९चिप्लेटी० शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला

दमकल र बस ठोक्किँदा ७ घाइते

नवलरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ मा बस र दमकल आपसमा ठोक्किएका छन् । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । कावासाेती