• बुधबार १०-९-२०७५/Wednesday 01-23-2019

अध्यक्ष दाहाल भन्छन : अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ

'[केसीसँग पहल गर्न सुझाव दिएँ'


चितवन, असार ।  गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन  । 
चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताए । 
मुद्दाको अर्को पक्षले के गर्छ भन्ने उनकै कुरा भएको भन्दै उनले भने, “योभन्दा बढी टिप्पणी गर्नु अहिले उचित ठान्दिनँ ।” 

फरक प्रसंगमा उहाँले प्रदेशका राजधानी तोकिसकिएका ठाउँ नबदल्ने हो कि भन्ने तर्क आएको बताउँदै भने, “एक ठाउँमा प्रदेश राजधानी बदल्दा चारैतिर हावा चल्ने हो कि भन्ने चिन्ता राजनीतिक नेतृत्वमा देखापरेको छ ।” 
प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशलाई नै भएको बताउँदै उहाँले प्रदेश नं ३ को राजधानीका विषयमा पार्टीले कुनै धारणा नबनाएको बताउनुभयो । 
अर्को एक प्रसंगमा उहाँले डा गोविन्द केसीको सम्बन्धमा चिकित्सक संघसँग छलफल भएको भन्दै डा केसीलाई काठमाडौँमा ल्याएर उपचार गर्ने र वार्ता गर्ने विषयमा अविलम्ब पहल गर्न आफूले सुझाव दिएर आएको बताए ।

प्रतिकृया दिनुहोस

सरकारविरुद्ध काँग्रेसका भातृसंस्था : काठमाडौंमा नेविसंघ, विराटनगरमा तरुण दलको विरोध

  काठमाडौं । संसदमा सत्तापक्षले पेलेर जाने रणनीति लिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृ संस्थाहरु सडकमा आएका छन् । दुई तिहाई

गुठीको जग्गा मुठीमा, माफियाले गायब बनाए अर्बाैँका जमिन

जनकपुर – हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । तर, आस्थाका संरक्षक मानिने मन्दिरका महन्थ र पुजारीकै संलग्नतामा यहाँका अर्बौंको गुठी

१६१ ऐन संशोधन प्रस्ताव

काठमाडौं । सरकारले एकसाथ थुप्रै ऐनका प्रावधान संशोधन तथा खारेजीको तयारी गरेको छ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १६१ ऐन संशोधन