• सोमबार ६-८-२०७५/Monday 09-24-2018

"शून्य र विशेष समयपछि चिकित्सा विधेयक सूचिबाट हट्यो "

आइतबारको बैठकमा पेश हुने संभावना


काठमाडौं, असार । विहिबारको संसदमा सरकारले चिकित्सा शिक्षा विधेयक पेश गर्ने भनेर विहिबारको बैठकको कार्यसूचिमा राखे पनि अन्तिम समयमा हटाईएको छ । 
बैठकमा विषय प्रवेश हुने समयमा सभामुख कृष्णबहादुर महराले हटाएका हुन् । संसद्को शून्य र विशेष समय सकिएपछि मात्रै सभामुख महराले कार्यसूचिमा रहेको २ देखि ४ सम्मका कार्यक्रम हटाइएको जानकारी दिएका थिए । 
कार्यसूचिको २ नम्बरमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने सरकारको निर्णयमाथि नेपाली कांग्रेसका तर्फबाट गगन थापाले दर्ता गराएको विरोधको सूचना राखिएको थियो । 
विरोधको त्यो सूचनामा निर्णयार्थ पेश गरेपछि मात्रै तेस्रो नम्बरमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले चिकित्सा शिक्षा विधेयक टेवल गर्ने उल्लेख थियो । 
१७ असारको बैठक अवरुद्ध गरेको कांग्रेसले त्यो विधेयक पेश गरे मान्य नहुने  चेतावनी पहिले नै दिएको थियो ।  यसअघि सरकारले जारी गरेको अध्यादेश अनुसार विधेयक ल्याउनुपर्ने काँग्रेसको माग छ । 
जुम्लामा अनसनरत डा. गोविन्द केसीले समेत अध्यादेशमा उल्लेख भएको कुरा हुबहु विधेयकमा आउनुपर्ने भनिरहेका छन् ।
अब प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्नेछ। सरकारले विहिबार पेश गर्ने भनेको विधेयक अब आइतबार पेश गर्ने बताइएको छ । 

प्रतिकृया दिनुहोस

कांग्रेसमा अब चारथरी सदस्य

काठमाडौं । नेपाली कांग्रेसमा अब चारथरी सदस्य हुने भएका छन् । यस अघि साधारण र क्रियाशील गरी दुई तहका सदस्य रहेकोमा अब साधारण, क्रियाशील, सम्मानित र

समाजिक सञ्जालको सदुपयोग गरौं – राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी

‘अरिङ्गाल’को आलोचनापछि प्रधानमन्त्रीको ‘मौरी’ मोह !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो