• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

माइतीघरमा डा केसीको समर्थनमा प्रदर्शनमा गरिदै : "प्रदर्शनमा को को जाँदैछन त ? "

जटिल बन्दै केसीको स्वास्थ्य अवस्था

 

काठमाडौं, असार । दुई हप्तादेखि १५ औं पटक चिकित्सा क्षेत्र सुधारका लागि भन्दै  आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीको समर्थनमा आज काठमाडौमा प्रदर्शन हुदैछ ।  प्रदर्शनमा आम नागरिकतहको सहभागिता हुने अपेक्षा गरिएको छ। नागरिक समाजका अगुवाहरु कार्यक्रममा सहभागिता जनाउँदै छन्। 
डा केसीको विरोधमा रहेको नेकपाका मेडिकल माफिया निकट स्वार्थ समुहका नेता कार्यकर्ताबाहेकका कार्यकर्ता तहले पनि कार्यक्रममा सहभागिता जनाउँदै छन्। 
केसीको मागको सुनुवाइको लागि अघिल्लो सरकारका पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेश अनुसारको विधेयक जस्ताको तस्तै संसदमा पेश गर्न दवाव दिइरहेको काँग्रेसका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागि हुँदैछन्। 
सडकमा डा केसीको मागको सुनुवाइको लागि निरन्तर दवाव दिदै आएको विवेकशिलका साझाका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागि हुँदैछन्। 
पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्रीदेखि सामाजिक अगुवाहरुको सहभागीतामा काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको छ। 
मध्यान्ह १२ बजेपछि हुने प्रदर्शनमा पुर्वप्रधानन्याधिशद्धय शुशीला कार्की र कल्याण श्रेष्ठ, पुर्व स्वास्थ्य मन्त्री तथा काँग्रेस नेता गगन थापा,  माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नागरिक अगुवाहरु कृष्ण पहाडी, चरण प्रसाईं, विवेकशिल साझाका संयोजकद्वय उज्ज्वल थापा, रबिन्द्र मिश्रलगायत सहभागी हुने जनाइएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस संस्थागत रुपमै प्रदर्शनमा सहभागि हुँदैछ। 
राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ अनुसार नै ऐन बन्नुपर्नेलगायत स्वास्थ्य क्षेत्र सुधारका लागि सात सूत्रीय माग राखेर जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अनशनरत डा केसीमा छाती दुख्ने, कमजोरीले चक्कर लाग्ने, वाकवाकी हुने, पेट दुख्ने, पिसावमा बढी किटोनजस्ता समस्या देखिएको  छ । 
 

प्रतिकृया दिनुहोस

स्वास्थ्य विभागका उपसचिव बाबुराम लामिछानेलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । स्वास्थ्य सेवा विभागमा कार्यरत उपसचिब बाबुराम लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

जाजरकोटमा बिहीबार बेलुका भएको बस दुर्घटनाका मृतकको सनाखत

जाजरकोट । जाजरकोटमा बिहीबार बेलुका भएको बस दुघर्टनामा परी मृत्यु भएका चारमध्ये तीनजनाको सनाखत भएको छ । मृत्यु हुनेमा डोल्पा, जगदुल्ला छाँचुका

बलात्कारको आरोपमा प्रहरी हवल्दार पक्राउ

दाङ  । दाङमा बलात्कारको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय फुलवारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई