• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

स्वतन्त्रता सेनानी पुरस्कार : तारानाथ दाहाल सम्मानित

पाँचथर, असार  ।  नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दालाललाई पाँचथरमा यसवर्षको स्वतन्त्र सेनानी सम्मान पुरस्कारबाट सम्मान गरिएको छ । 
नेपाल पत्रकार महासंघ शाखा पाँचथरले हरेक वर्ष प्रदान गर्ने सेनानी सम्मान पुरस्कार बिहिबार फिदिमस्थित होटल मानस्वीमा एक समारोहकाविच यसवर्षको पुरस्कार तथा सम्मानबाट दाहाललाई सम्मान गरिएको हो ।
सम्मान पत्रसहित पुरस्कार राशि २२ हजार २२२ रुपैँया रहेको छ । यसअघि यो सम्मान पुरस्कार पहिलोपटक महासंघका पूर्व सभापति विष्णु निष्ठुरिलाई प्रदान गरिएको थियो । त्यसपछिका वर्षमा महासंघका पूर्व सभापतिहरु शिव गाउले र किशोर नेपलालाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । 
पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताको लागि महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारलाई उक्त  पुरस्कार तथा सम्मान प्रदान गरिंदै आएको छ ।
यस्तै सोहि समारोहका विच महासंघ शाखा पाँचथरबाट हरेक वर्ष वितरण हुने स्व। हरिचरण भद्रमायाँ वातावरण पत्रकारिता पुरस्कार पाँचथरकि पत्रकार राधा गौतमलाई प्रदान गरिएको छ । स्थानिय रेडियो मितेरिमा आवद्ध गौतमलाई पाँच हजार पाँच सय ५५ रुपैँया पुरस्कार राशि सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
यस्तै महासंघ शाखा पाँचथरको भवन निर्माणको लागि जग्गा प्रदान गर्ने विपि सामुदायिक वन फिदिम, फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुद्धत सुवेदी,तत्कालिन जिल्ला वन कार्यालय प्रमुख दिवेशमणि त्रिपाठीलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

पुरस्कृत तथा सम्मानित दाहालले पत्रकारहरुले पत्रकारितालाई वढिभन्दा वढि विश्वसनिय र व्यावसायिकतामा जोड दिएर अन्यायको खबरदारि गर्ने समाजलाई सहि दिशामा हिडाउनका लागि निगरानि गर्न सहि सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।

दाहालले विचार तथा अभिव्यति स्वतन्त्रताको कुरामा राज्यले अङकुस लाग्ने खालका कानुन नल्याउनपनि आग्रह गरेका थिए ।कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल, फिदिम नगरापालिकाका मेयर ओनाहाङ नेम्बाङ, र प्रमुख अतिथीको आसनबाट जिल्ला सवन्वय समिती पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटाले मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस

"सरकार अझै न्यायका लागि मैले के गर्नुपर्छ : न सरकार बोल्छ न सत्ताधारी दलका नेता "

  कञ्चनपुर, कात्तिक । छोरीको हत्यारा सार्वजनिकको माग राख्दै अनिश्चितकालिन धर्नामा बसेका १३ वर्षीया बालिका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य

निर्मला हत्या प्रकरणः शंकास्पद सबैको डिएनए जाँच गरिने

कञ्चनपुर — निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच

सीमा ४८ घण्टा बन्द

दार्चुला  । भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका