• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुद्घारा धर्ना

काठमाडौ, असार । बिगत तीन दिनदेखि नेपाल इन्जिनियरिङ कलेजका बिद्यार्थीद्घारा रिले अनसन सुरु गरेका छन । ११ महिनादेखि दिपक भट्टराईले अनधिकृत कलेज कब्जा गरेको र कलेज अन्यौलग्रस्त बनाएका कारण बिद्यार्थी आन्दोलित भएका हुन । 
कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेलगायत ५जना सञ्चालकलाई गत ११ महिनादेखि कलेज पस्न दिइएको छैन । दिपक भट्टराई स्वयं आफैले आफूलाई अध्यक्ष धोषणा गरी कलेजमा कार्यरत आधिकारीक प्राचार्य प्रो. शोभाकान्त देव र उप प्राचार्य तीर्थराज निरौलासमेतलाई कलेज प्रवेशमा रोक लगाएका छन । 
उनले नयाँ प्राचार्य र उप प्राचार्य आफैले  नियुक्त गरे । प्राचार्य नियुतm गर्ने अधिकार कार्यकारी अध्यक्ष तथा सञ्चालक समितिलाई मात्र रहेको कुरा जानकारी हुन आएको छ । गैर कानुनी रुपमा नियुक्त भएका हरिकृष्ण श्रेष्ठ तथा दिपकबहादुर धामी जुन गैरकानुनी कार्यमा संलग्न भएकाले कलेजबाट वर्खास्त भैसकेका छन ।  
निजहरुले बिद्यार्थीहरुको सर्टिफिकेटमा हस्ताक्षर गर्ने लगायत सम्पुर्ण काम र्गैरकानुनी हुने कुरा आन्दोलीत बिद्यार्थीबाट जानकारी हुन आएको छ । आफ्नो सर्टिफिकेटमा गैरकानुनी व्यक्तिले हस्ताक्षर गर्ने, जुन सर्टिफिकेट जुनसुकै समयमा नक्कली प्रमाणित हुने हुँदा बिद्यार्थीले समयमै यस बारेमा आवाज उठाएका हुन । बिद्यार्थीको एउटै माग छ कि कलेजमा बैदानिक अध्यक्ष तथा प्राचार्य आएर हाम्रो भविष्य बचाउनुपर्यो ।

प्रतिकृया दिनुहोस

डा. केसीलाई बोकेको हेलिकोप्टर टुडिखेलमा अवतरण

  काठमाडौं, साउन । डा. गोविन्द केसीलाई बोकेर जुम्लाबाट हिँडेको सैनिक हेलिकोप्टर काठमाडौंको टुँडिखेलमा अवतरण गराईएको छ ।  डा. केसीलाई दिउँसै ल्याई

बाहिर जुम्ली महिला र भित्र चिकित्सक विद्यार्थी एवं कर्मचारीको अवरोध

जुम्ला, साउन  । २० दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीलाई अपहरण शैलीमा जवरजस्ती काठमाडौं ल्याउने तयारी सरकारले एकतर्फी रुपले गरेपछि जुम्लका

डा. केसी भन्छन : 'अपहरण गरेर सरकार काठमाडौं लान खोज्दैछ'

जुम्ला,  साउन । चिकित्सा शिक्षा सुरधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमविविएस डाक्टरी पढाइ सुरु गर्नुपर्नेलागायतका माग राखेर