• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

"शनिबारसम्मै भारी वर्षाको सम्भावना"

सतर्क रहन आग्रह

काठमाडाैं । केही दिन यता परेको पानीका कारण बाढी र पहिरोको जोखिम बढेको छ । गएराति देखिको लगातारको वर्षाले भक्तपुर र काभ्रेको बनेपा क्षेत्र जलमग्न बेनेको छ । यस्तै, अरनिको र बीपी राजमार्ग क्षेत्रका विभिन्न ठाउँमा पहिरको जाँदा सवारी साधन चल्न सकेका छैनन् भने यात्रु अलपत्र बनेको छन् । 
यसैबीच मौसमविद्ले भने शनिबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेका छन् ।

 मौसमविदका अनुसार मनसुन सक्रिय भएकाले पूर्वदेखि पश्चिमसम्म भारी वर्षाको सम्भावना रहेको छ । बुधबार राती काठमाडौंमा ८८ मिलिमिटर पानी परेको छ । मध्य र पश्चिममा धेरै पानी परे पनि पूर्वी क्षेत्रमा भने थोरै मात्र वर्षा भएको छ ।

मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर जानकारी पनि दिएको छ । सूचनामा लेखिएअनुसार बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ । 
बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।शुक्रबार दिउँसो र साँझ मध्यम खालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षाको हुने अनुमान गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

संसदमा मन्त्रीसँग प्रश्नाेत्तर [LIVE]

काठमाडौं, २३ माघ । प्रतिनिधिसभाको आज बसेको बैठकमा मन्त्रीहरुसँग प्रश्नोत्तर भइरहेको छ । दिउँसो १ बजेबाट सुरु भएको बैठकमा ५ मन्त्रीले सांसदहरुको

'लामो सङ्घर्ष : पटके शिलान्यास र समृद्धिको आशा'

विर्तामोड, माघ । नेपाल–भारत सिमास्थित मेचीपुलबाट वारपार गर्नेको चहलपहल यतिखेर बढेको छ ।  झापाको भद्रपुर नगरपालिका–५ र भारतको गलगलिया जोड्ने