• सोमबार ६-८-२०७५/Monday 09-24-2018

चिकित्सा शिक्षा विधेयक संसदमा दोस्रोपटक पेश हुँदै 

काठमाडौं ।  सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक बिहिबार संसदमा पेस गर्दैछ । शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बुधबारको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ। 
राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले पुनः नयाँ प्रक्रियाबाट नयाँ विधेयक अघि बढाएको हो।
बुधबार दिउँसो एक बजेका लागि बोलाईएको बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले दर्ता गराएको बिरोधको सूचना समेत निणयार्थ प्रस्तुत हुनेछ। अध्यादेश निष्क्रिय हुनु ५ दिनअघि गत असार १५ गते सरकारले प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरे पनि असार १७ को बैठकमा कांग्रेसले विरोध जनाएपछि अघि बढ्न सकेको थिएन। 
डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशनरत छन्। तर, सरकारले परिमार्जनसहित विधेयक अघि बढाएको छ। संसदमाा विधेयक पेस गरेपछि यसमाथि सैद्धान्तिक बहस हुनेछ भने सांसदहरूले संशोधन दर्ता गराउनसमेत सक्नेछन्।  
त्यस्तै बिहिबारकै बैठकमा अर्थमन्त्री युवराज खतिवडाले लेखापरीक्षण विधेयक २०७५ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीरहेको छ। 

प्रतिकृया दिनुहोस

कांग्रेसमा अब चारथरी सदस्य

काठमाडौं । नेपाली कांग्रेसमा अब चारथरी सदस्य हुने भएका छन् । यस अघि साधारण र क्रियाशील गरी दुई तहका सदस्य रहेकोमा अब साधारण, क्रियाशील, सम्मानित र

समाजिक सञ्जालको सदुपयोग गरौं – राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी

‘अरिङ्गाल’को आलोचनापछि प्रधानमन्त्रीको ‘मौरी’ मोह !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो