• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

काभ्रे र भक्तपुर डुवानमा,  अरनिको र बिपी राजमार्ग अवरुद्ध

काडमाडौं । लगातारको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोका कारण डुवान तथा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको हो । वर्षाले काभ्रेको बनेपा पूर्णरुपमा प्रभावित भएको छ । बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलामा आएको बाढी बनेपा बजारमा छिरेपछि करिब दुई दर्जन घर डुबानमा परेका छन् । बाढी र ठाउँ ठाउँमा गएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत पुल बजार क्षेत्रमा राजमार्ग बन्द छ । बाढीका कारण पूर्व–पश्चिम चल्ने गाडीहरु बीचमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । अरनिको राजमार्गको पलासे खण्डमा पनि पहिरो खसेको छ । 
त्यस्तै, बीपी राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङमा पहिरो आएर राजमार्ग अवरुद्ध छ । पनौती नगरपालिका ३ का बिदुर सापकोटाको घर पहिरोले पुरिएको छ । मानवीय क्षति नभए पनि पशु चौपाया मरेका प्रहरीले जनाएको छ । 
बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध भएको जनाइएको छ । यसैबीच हनुमन्ते खाेलामा आएको बाढीले भक्तपुरको राधे राधे क्षेत्र डुबानमा परेको छ ।
 

प्रतिकृया दिनुहोस