• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा

विश्वकप यात्राबाट बेलायत बाहिरियो

काठमाडौं । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै क्रोएसिया पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको छ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो । यता हारसंगै इंग्ल्यान्डको भने दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने सपना समाप्त भएको छ । 

 

क्रोएसिया रुसमा जारी फिफा विश्वकप २०१८ को फाइलनमा प्रवेश गरेको छ । गएराती भएको सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप फाइलनमा प्रवेश गर्न सफल भएको हो । यता दोश्रो पटक उपाधी जित्दै ईतिहास दोहो¥याउने दाउँमा रहेकोे इंग्ल्यान्डको विश्वकप यात्रामा पुर्णबिराम लागेको छ । 

 

विजेता क्रोएसियाले विश्वकपको उपाधिका लागि अब फ्रान्ससँग जुलाई १५ मा मस्को स्थित लुज्नीकि रंगशालामा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १०९ औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि क्रोएसियाले जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । 

 

यसअघि खेलको ६८औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । दोस्रो हाफमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा भने क्रोएसियामाथि १–० गोलको अग्रता बनाएको थियो । इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । 

खेलको पाचौ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै ट्रिपिएरले अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै गोल खाएको क्रोएसियाले पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न भने सकेको थिएन ।

 

रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा भएको पहिलो हाफमा इंग्ल्यान्डले गोल गर्ने अन्य राम्रो अवसर खेर फालेको थियो । इंग्ल्यान्डले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो । पराजित भएसँगै उपाधि दौडबाट इंग्ल्यान्ड बाहिरिएको छ भने अब तेस्रो स्थानका लागि इंग्ल्यान्डले बेल्जियमसंग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले ५२ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गर्ने अवसर पनि गुमाएको छ । यसअघि इंग्ल्यान्डले सन् १९६६ मा आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । 

 

इंग्ल्यान्डको दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने सपना समेत सकिएको छ । क्रोएसियाले भने इंग्ल्यान्डलाई पारजित गर्दै इतिहास बनाएको छ । सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाको लागि यो सबैभन्दा ठूलो उपलब्धी हो । 
 

प्रतिकृया दिनुहोस

ओलम्पिक छनोट : नेपालले भारत र म्यानमार फेरि खेल्ने

काठमाडौं । सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोटको दोस्रो चरणमा नेपालले पुरानै प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्ने

इरानलाई हराउँदै नेपाल फाइनल नजिक

काठमाडौं । भारतमा जारी हिरो महिला गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ। नेपालले बुधबार भारतको

आफ्नै मैदानमा स्तब्ध म्यानचेस्टर युनाइटेड, नेइमार र काभानी बिनै पिएसजीको शानदार जित

 काठमाडौँ । दुई स्टार खेलाडी बिहीन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पछिल्लो समय उत्कृष्ट लयमा रहेको र स्टार खेलाडीले युक्त म्यानचेस्टर