• आज : Monday 28 May 2018
    1:13:09 NST

गठबन्धन एकता सहमतिको बिन्दुमा : एकताको बुधबार घोषणा गरिदै

 
 
 
काठमाडौं, १ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया सहमतिको बिन्दुमा पुगेको  बताइएको छ । यद्यपि, पछिल्ला प्रगतिहरु पक्का पक्कीका रुपमा बाहिर आएका छैनन् ।
मंगलबार साँझ एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच एक्ला एक्लै कुराकानी भएको छ । यद्यपि, बैठक गोप्य राखियो । बैठक ललितपुर मानभवनमा रहेको एक निर्माण व्यवसायीको घरमा भएको बताइएको छ ।
स्रोतका अनुसार,  हाल पार्टीको नेर्तत्व  ओली र दाहालले गर्ने छन ।  सरकारको नेर्तत्व ओलीले  र पार्टीको नेतृत्व  दाहालले गर्ने सहमति भएको छ । दुइ पार्टीबीच  एकता भएको घोषणा गरिने तर  माओवादीका र एमालेको केन्द्रिय सदस्य सख्या मा फरक र माओबादीका अधिक भएकाले मिसाउदा नमिल्ने हुँदा पार्टी एकता समिति मात्र बनाएर त्यसले काम गर्ने जनाइएको छ । 
 मंगलबारको पार्टी एकता संयोजन समितिको बैठक वुधबारलाई सारिएको छ । संभवतः बुधबारको बैठकले यिनै कुरालाई संबोधन हुनेगरी निर्णय हुनेछ । 
सोमबारको एक्ला एक्लै भेटबारेमा भएका कुरा भने महाधिवेशन नभएसम्म दुबै नेताले पार्टीको सामूहिक नेतृत्व गर्ने सहमति भएको भनियो । 
चुनाव लगत्तै पार्टी एकता गर्ने उदघोष गरेका  एमाले र माओवादी केन्द्रले चुनाव सकिएको झन्डै तीन महिनापछि पार्टी एकता गर्ने सहमति गरेको हल्लासम्म आएको छ । पक्का पक्कीको खबर अझै आएको छैन ।
अब त्यो खबर सुन्न वुधबार बोलाइएको पार्टी एकता संयोजन समितिको बैठकको निर्णयसम्म पर्खिनुपर्ने एमालेका एक नेताले बताए ।
 
पार्टी एकताको कुरा मिलेको छ, उनले भने, ‘पार्टीको नामाकरणबारे पनि कुरा भइसकेको छ । छलफल अन्तिम विन्दुमा छ । सम्भवतः नयाँ सन्देश सुन्ने घडि आइसकेको छ ।’
प्रतिनिधिसभा चुनावमा स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनको प्रदेश र राष्ट्रियसभामा बहुमत छ । 
बहुमत प्राप्त दलको नेता भएपनि यी दुई पार्टीबीच एकता भईनसकेकोले ठूलो दलको नेता प्रधानमन्त्री हुने प्रावधान छ । त्यसै अनुसार पहिलो प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली हुने सहमति दुई दलका नेताले गरेका छन् । तर, अहिले एकता नभएकाले गठबन्धनको नभई ओली बहुमत प्राप्त दलको नेताका रुपमा प्रधानमन्त्री बन्ने देखिएको छ ।
सहमतिकै आधारहरु खोज्दा, –एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने । अन्य पदीय भागबण्डामा एमाले ७० र माओवादीले ३० प्रतिशत पाउने । स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी छरितो बनाउने, निर्वाचन आयोगको कानुन अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने, यो पनि दुई शीर्ष नेताबीच कुरा भएको भनिएको छ ।
यस्तै, सैद्धान्तिक आधार खोज्दा –जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले नै टुंगो लगाउने अन्य विषयलाई महाधिवेशनबाट टुंगाउने कुरा छ ।  त्यति मात्र नभई, पार्टी एकीकरणलाई भव्य बनाउने, एकीकरण कार्यक्रममा एमाले र माओवादीका ५ लाख कार्यकर्ता उतार्नेसम्मका कुरा भएका बताइन्छ ।
तर, माओवादी केन्द्रका एक नेताले दुई नेताबीच एक्ला एक्लै भेटमा भएको भनिएका कुरा कति पक्का हुन् भन्ने विश्वसनीय आधार नदेखिएको बताए । उनले भने, कुरा लुकाइँदै छ । ओलोपालो प्रधानमन्त्री हुने कुरा पनि गर्ने, उनले भनेका छन्, ‘अनि अहिले वाम गठबन्धनको हैसियतमा प्रधानन्त्री नहुने ? बहुमत प्राप्त दलको हैसियतमा प्रधानमन्त्री हुन खोज्ने ?’ कुरा अझै प्रस्ट भएको छैन–उनले भनेका छन्  ।
 

Comment

Related News