• आइतबार ६-७-२०७५/Sunday 09-23-2018

"सुशासनको नयाँ इतिहास रचना गर्छु "

अराजकतन्त्रले लोकतन्त्रलाई भलो गर्दैन्

काठमाडौँ, असार । सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । “सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उनले भने, “म दाग र धब्बारहित रुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशासनको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई आज यहाँ अर्पण गर्दै उनले सो कुरा बताएका हुन । 
प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन् भने । 
सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे । 
प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत छ भने । 
“जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेश अनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ?” उनले प्रश्न राखे । 
प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पारे । 
प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताए । 
युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उहाँले विसं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको जानकारी दिए । 


 

प्रतिकृया दिनुहोस

संविधान दिवस, सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रम

काठमाडौं ।  नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ

"पम्फा भूषालले गरिन ओली र ‘अरिंगाल’को बचाउ "

काठमाडौं, असोज ।   प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको नेकपाकी सांसद पम्फा भूषालले बचाउ गरेकी छन् ।  तत्कालीन

"प्रहरी प्रमुख खनाल कि वादल ?, समितिमाथि समिति किन ?"

काठमाडौं, भदौ । निर्मला पन्त हत्या प्रकरणको प्रारम्भिक अनुसन्धान संलग्न पाँच प्रहरी निलम्बनमा परेका छन् । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा