• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

डा. केसीका माग पूरा गर्न सरकार तयार

वार्तामा आउन आग्रह


काठमाडौं, असार । जुम्लामा अनशनरत डा. गोविन्द केसीका माग पूरा र समस्या समाधान गर्न सरकार तयार रहेको कुरा स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले स्पष्ट पारेकी छिन् ।   रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन । 
उनले भनिन्,‘ डा. गोविन्द केसीले अनशन सूरु गरेदेखि नै सरकारले उनलाई वार्तामा आउन आग्रह गर्दै आएको हो, सूरुमा उहाँ आँफै वार्तामा आउन चाहनुभएन, डा. केसी हिजोदेखि केही लचकतामा आउनुभएको छ, उहाँले उठाएका मागका बारेमा सरकार गम्भीर छ, केही मागहरुको बारेमा विवाद पनि छ, पक्ष र विपक्ष भएर समस्या समाधान हुँदैन, मैले भनेकै हुनुपर्छ भनेर पनि हुँदैन ।’
उनले भनिन् ,‘चिकित्सा शिक्षा विद्येयक संसदमा पुगेको छ, संसदले नै उहाँले उठाएका मागहरुलाई बैधानिकता दिने हो, उहाँले चाहेको संशोधनलाई सांसदमार्फत कुरा राख्न सक्नुहन्छ, कानूनी बाटोबाट मात्रै समस्या समाधान हुन्छ, अनशन बसेर हुँदैन, हिजोका दिनहरुले पनि यही कुराहरु देखाईसकेको छ ।’

मन्त्री अर्यालले डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको बताउँदै उनको उपचारको लागि कुनै कसर बाँकी नराख्ने जनाईन्। उनले भनिन्,‘ उनको स्वास्थ्य अवस्था बिग्रिँदै गैरहेको छ, काठमाडौंमा ल्याएर उनको स्वास्थ्य उपचार गर्ने र वार्ता गर्ने सरकारले तयारी गरिसकेको छ, यदि उहाँ काठमाडौं आउन मान्नु भएन भने पनि सरकारी टोली जुम्ला गएर वार्ता तथा सम्वादमार्फत सहमति गरेर उहाँको अनशन तोडाउँछ।’

उनले अघि थपिन्, ‘डा. केसीको समर्थन गर्दै चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका छन, कृपया तपाईहरुको काम बिरामीको सेवा गर्ने हो, आन्दोलन होईन, यसो भन्दैमा तपाईहरुले आन्दोलन गर्न पाउनुहुन्न भनेको होईन, सरकार समस्या समाधानका लागि तयार छ, यस्तो स्थितिमा तपाईहरुले आन्दोलन गरेर समस्या समाधान हुँदैन ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् । नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे । 
डा. केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाण्डौ आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे । “तपाई काठमाडौ आउनुस् । वार्ता गर्न सरकार तयार छ । अनशन बसिरहनु पर्दैन ।”–उनले भने ।

जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी जस्ता अधिकारका लागि सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाण्डौ र कहिले जुम्ला पुगेर अनशन बस्न नपर्ने बताए । “गोविन्द केसीसँग बन्द कोठाभित्र होइन, खुला मञ्चमा बसेर वार्ता गर्न तयार छौँ । सबै टेलिभिजन बोलाएर प्रत्यक्ष प्रशारण गर्दै वार्ता गरौँ । यसका लागि अनशन तोड्नुस, स्वस्थ हुनुस् ।” भट्टारईले भने ।

हरेक पटकको अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उनले केसीको अनशनको उद्देश्य नै शंकास्पद रहेको दाबी समेत गरेका छन् ।जायज मागलाई सकारात्मक रुपमा लिन सकिने भएपनि केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको आरोपसमेत लगाए ।

आक्रोषित हुँदै भट्टराईले भने,“फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो ? देशभर नेपाली कांग्रेसका नेताहरुले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरुको कलेजले सम्बन्धन पाउने बेलामा अनशन बस्ने ? मनमोहनसँग के दुश्मनी छ ?”

प्रतिकृया दिनुहोस

कांग्रेस महासमिति बैठक सर्ने निश्चित

काठमाडौं ।  नेपाली कांग्रेसको महासमिति बैठक पुनः सर्ने देखिएको छ। यसअघि मंसिर पहिलोे साता बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै मंसिर २८

नेपाली सेना भित्र नक्कली सर्टिफिकेटको विगविगी

काठमाडौं ।  सेनामा नक्कली प्रमाणपत्र पेश गरेर लामो समय जागिर खाएको गुनासो आएपछि केहि दिन अघि मात्र सैनिक मुख्यालयले आफ्ना सबै अधिकृतहरुको शैक्षिक

प्रचण्ड–बादलसँग सहिद परिवारका गुनासा

म्याग्दी — १० वर्षे जनयुद्धका क्रममा पति र छोरी गुमाएकी मंगला गाउँपालिका–२ सिमलचौरकी गुमाकुमारी खड्काले मंगलबार पहिलोपटक प्रचण्ड र रामबहादुर