• सोमबार ६-८-२०७५/Monday 09-24-2018

 नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी अावागमन एकतर्फी

चितवन । लगातारकाे वर्षासँगै गएकाे पहिराेका कारण  नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी अावागमन एकतर्फी चलेका छन् । गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको हाे । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ ।

 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताए ।

 

भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग भाँसिएको हो ।

 

सो ठाउँमा नौ मिटर कालोपत्रे गरिएको छ । कालोपत्रेको त्रिशूली नदीतर्फ थप दुई मिटर खुल्ला भाग रहेको छ । कालोपत्रे गरिएको आधा भागसम्म भाँसिएको खनालले बताए ।

 

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भाँसिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ । उनले तलबाट नदीले खोलेर भासिएको हुनसक्ने अनुमान गरिएको बताए ।
 

प्रतिकृया दिनुहोस

अपांगता सम्बन्धी कानून कार्यान्वनको माग 

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दिगो विकासको लक्ष्य पूरा गर्न विकृति र विसंगतिकोविरुद्ध सरोकारवाला निकायहरु एकजुट

एसिड प्रहारबाट घाइते सम्झनाको मृत्यु

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते रौतहट चन्द्रनिगाहपुरकी सम्झनाकुमारी दासको मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत सम्झनाको आइतबार राति

निर्मला पन्त हत्याबारेको छानबिन प्रतिवेदनमा के छ ? 

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याको प्रतिवेदन तयार भएको छ । घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको हो