• सोमबार ६-८-२०७५/Monday 09-24-2018

वार्ताका लागि तयार रहेकाे डा. केसीकाे भनाइ

काठमाडौं । चिकित्सा क्षेत्र सुधारसम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् ।

वार्ताका लागि गोविन्द केसी तयार नभएको सरकारी भनाइ प्रकाशमा आइरहेका बेला केसीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका छन् । उनले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह गरेका छन् ।

‘यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, केसीद्वारा बुधबार बिहान जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी कुनै पनि बेला वार्ताका लागि तयार छौं ।’

केसीले सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने समेत प्रष्ट पारेका छन् । दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी सोच्न पनि उनले सरकारलाई सुझाएका छन् ।

चिकित्सा शिक्षा ऐन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत माग राखेर जुम्लामा डा. केसी अनशन बसेको आज १२ दिन पुगेको छ । 

प्रतिकृया दिनुहोस

कांग्रेसमा अब चारथरी सदस्य

काठमाडौं । नेपाली कांग्रेसमा अब चारथरी सदस्य हुने भएका छन् । यस अघि साधारण र क्रियाशील गरी दुई तहका सदस्य रहेकोमा अब साधारण, क्रियाशील, सम्मानित र

समाजिक सञ्जालको सदुपयोग गरौं – राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी

‘अरिङ्गाल’को आलोचनापछि प्रधानमन्त्रीको ‘मौरी’ मोह !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो