• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

१४ अर्बमा रोनाल्डो युभेन्ट्समा आबद्ध

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटालियन च्याम्पियन युभेन्ट्समा आबद्ध भएका छन्। स्पेनिस फुटबल क्लब रियल म्याड्रिडमा रहेका उनी ९९.२ मिलियन पाउन्ड (१४ अर्ब ४३ करोड रुपैयाँ) मा युभेन्ट्समा आबद्ध भएका हुन्।

३३ वर्षीय रोनाल्डोले इटालियन च्याम्पियनसँग ४ वर्षको सम्झौता गरेका हुन्।  यसअघि रियल म्याड्रिडमा रोनाल्डोले ९ सिजन बिताएका थिए। त्यस क्रममा उनले रियललाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। युभेन्ट्ससँग सम्झौता गरेको पुष्टि गर्दै रोनाल्डोले भनेका छन्, 'यो मेरो जीवनको नयाँ मोड हो। मैले क्लबको प्रस्ताव स्वीकार गरेको छु।'
योसँगै रोनाल्डो विश्वका चौथो महँगा फुटबलर बनेका छन्। सर्वाधिक महँगा फुटबलर ब्राजिलियन फरवार्ड नेइमार हुन्। उनी गत सिजन स्पेनिस क्लब बार्सिलोनाबाट २ सय मिलियन पाउन्डमा फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका थिए।

दोस्रो महँगा खेलाडी फ्रान्सका केलियन एमबाप्पे हुन्। एमबाप्पेले फ्रेन्च क्लब मोनाकोबाट पिएसजीमा १ सय ६६ मिलियन पाउन्डमा आबद्ध हुन सम्झौता गरेका थिए। तेस्रो महँगा खेलाडी ब्राजिलका फिलिप काउटिन्हो हुन्। उनी इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा १ सय ४२ मिलियन पाउन्डमा आबद्ध भएका थिए। 

युरोपियन सिजन सुरु हुनुअघि युभेन्ट्स र रियल म्याड्रिड मैत्रीपूर्ण खेल खेल्दै छन्। अगस्टमा अमेरिकामा हुने खेलमा रोनाल्डोले आफ्नो पूर्वक्लब विरुद्ध खेल्ने सम्भावना छ। 

रोनाल्डोले रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए। रियलका लागि उनले च्याम्पियन्स लिगमा १ सय ५ गोल गरेर कीर्तिमान बनाएका थिए। ला लिगमा भने उनले ३ सय ११ गोल गरे। रियलका लागि उनले १६ उपाधि जिते। जसमा २ ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि समावेश छन्। उनले रियलका लागि ४४ ह्याट्रिक गरे भने ला लिगामा ३४ ह्याट्रिक गरेका थिए। उनले सन् २०१४–१५ सिजनमा रियलका लागि ४८ खेल खेल्दै ६१ गोल गरेका थिए। 

प्रतिकृया दिनुहोस

सन्दीपको सफलता, आईपीएल खेल्ने पुनः पक्‍का

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)

च्यासल ‘राइनो गोल्ड कप’ च्याम्पियन 

काठमाडौं । ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लबले सिजनको पहिलो उपाधिको रुपमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ

नेपाली महिला टोलीको अबको लक्ष्य साफ च्याम्पियनसिप

काठमाडौं । काठाडौं सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तरगतको एसिया क्षेत्रको प्रारम्भिक छनोट चरण पार गरेको नेपाली महिला राष्ट्रिय