• आज : Sunday 25 February 2018
    11:37:29 NST

ज्यानमारा सडक : जहाँ दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम छ

 
 
काठमाडौं, २७ माघ। तीनकुने सूर्यविनायक सडक खण्डमा दैनिक धेरै संख्यामा दुर्घटना हुने गरेका छन्। दुर्घटनाका कारण ज्यान गुमाउने बर्सेनि बढेका छन्। समाचारमा लेखिएको छ, यो बर्षमात्र करिब ३० जनाले यो सडक खण्डमा ज्यान गुमाएको हुन सक्ने स्थानीयले बताए।
सडकमै मृत्यु भएको रेकर्ड प्रहरीसँग हुन्छ। कतिको त अस्पताल पुगेर उपचारका क्रममा मृत्यु हुन सक्छ, त्यो कुरा कसैलाई थाहै हुँदैन। स्थानीय पसले रोकश श्रेष्ठले भने। उनी भन्छन्, यो सडकमा दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ।
महानगरीय ट्राफिक महाशाखाको दुर्घटना विवरणअनुसार यो सडक खण्डमा पाँच बर्षकोअवधिमा ७८ जनाको मृत्यु भएको छ। चालू आर्थिक बर्षको माघ महिनाभित्र १५ जनाको मृत्यु भइसकेको छ। तीनकुनेदेखि सूर्यविनायकसम्म ९ किलोमिटर सडक खण्डमा यति ठूलो संख्यामा व्यक्तिको ज्यान गएको हो। 
नागरिक दैनिकबाट

Comment

Related News