• सोमबार ५-४-२०७५/Monday 08-20-2018

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । 

नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । 

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । 

आगामी आवको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६।५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ । 

प्रतिकृया दिनुहोस

डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध

काठमााडैं - प्रहरीले उपत्यकाभित्र डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको छ । आजको कारोबारले दोस्रो पृष्ठमा यो समाचार छापेको छ । अत्याधिक ध्वनी

"दोहोरो कर असुल्दा जनता मारमा पर्छन, सोच्नुपर्छ"

काठमाडौँ, भदौ ।  प्रचलित कानून र संविधान प्रद्धत अधिकारलाई ध्यानमा राख्दै कर असुल्न प्रदेश र स्थानीय तहलाई अर्थमन्त्री डा युवराज खतिवडाले आग्रह

रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स

काठमाडौं । नआईसी एशिया बैंक लिमिटेडले रिलायन्स लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब यस बैंकका