• शनिबार ११-४-२०७५/Saturday 02-16-2019

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । 

नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । 

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । 

आगामी आवको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६।५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ । 

प्रतिकृया दिनुहोस

जनताको लगानीमा १९ आयोजना : नागरिकबाट एक खर्ब उठाइने

  काठमाडौँ । सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब

सरकारको एक वर्ष : "आर्थिक समृद्धिको आधार तयार"

  काठमाडौँ । सरकार आफ्नो लक्ष्यमा सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएका अवसरमा आज

‘सेयर हालेपछि प्रत्येक वर्ष बैंकको सरह ब्याज’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन जनताको जलविद्युतअन्तर्गत अघि बढाउन लागेका आयोजनामा सेयर हालेपछि प्रत्येक वर्ष बैंककै सरज