• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

गुफामा फसेका सबै जनाको सकुसल उद्धार

थाइल्याण्ड । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ ।

 

फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए ।

 

नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो ।

 

नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।”

 

यद्यपि उद्धारका लागि गुफाभित्र गएका चार जना भने मङ्गलबार यो समाचार तयार पार्दासम्म अझै बाहिर आइसकेका छैनन् । उनीहरू बाहिर निस्कने क्रममा बाटोमा नै रहेका बताइएको छ ।

प्रतिकृया दिनुहोस

गुप्तचरको निर्देशनमा पत्रकार खाशोग्गीको हत्या

एजेन्सी । साउदी अरेबियाको सरकारी अभियोजनकर्ताले पत्रकार जमाल खाशोग्गीको हत्या गर्ने निर्देशन साउदी युवराजले नभई एकजना वरिष्ठ गुप्तचर अधिकारीले

"धेरै कुराहरु गोप्य : यी ७ कामहरु गर्न छन् प्रतिबन्ध "

काठमाडौं, कात्तिक  ।   उत्तर कोरियाको शासन पद्धतिबारे धेरैको मनमा निकै नियन्त्रित शासनको चित्र मानिसहरुको मनमा आउने गरेको छ । र यस देशलाइ

रोहिन्ग्यामाथि दमन गरेको सुकीमाथि आरोप

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिएको प्रतिष्ठित मानव अधिकारको अवार्ड फिर्ता गर्ने निर्णय गरेको छ । सुकीले उक्त