• आज : Thursday 26 April 2018
    9:58:39 NST

माओवादीको अबको मार्ग : "दिएर राज गर्ने कि ? अर्काको मातहतमा खुम्चिने ?"

 
काठमाडौं, माघ । देशमा संघीय राजनीतिक एवं प्रशासनिक संरचना अनुरुप  संघीय र प्रदेशसभाको निर्बाचन सम्पन्न भएको छ । पद र सत्ता कब्जाको रणनीतिमा लागेको कम्युनिष्ट गठबन्धनले उत्साहजनक परिणाम  पनि ल्याए । 
देश, जनता र राजनीतिक स्वच्छन्दताका लागि नभइ पद र सत्ता कब्जा गर्ने  कुञ्चित मनसायले गरिएको गठबन्धनमा अहिले कालो बादल  मडारिएको छ । सरकार निर्माणको चरणमा प्रवेश गरेको नेपाली राजनीतिमा कायापलट गर्ने सोचमा तुषारापात होलाकि भन्ने चरणमा पुगेको छ ।  यसो हुनुमा राजनीतिमा कायापलटमा –‘ओभरनाइट’  परिवर्तन गर्ने प्रबृतिले नेपालको भविष्य निर्धारण हुन्छ । 
हामीकहाँ नेपालीमा  एउटा गज्जबकै उखान छ  – रात रहे अग्राख पलाउँछ । अग्राख पलाउने गरी नेकपा माओवादी केन्द्रलाई अहिले  सरकार निर्माणको मुखमा पुगेका बेला एउटा गोल्डेन अफर प्राप्त भएको  छ, – २० प्रतिशतमा खुम्चेर इज्जत कमाउने कि शानसित ४० प्रतिशतमा रहेर रमाउने ।
नेकपा एमालेसंगको पार्टी एकता माओवादीका लागि निकै कठिन यात्रा बन्दै गएको छ । ०६४ सालको सबैभन्दा ठूलो दल दश वर्षकै अवधिमा तेस्रो दलमा झर्यो । 
त्यसमा पनि पार्टी एकता भएपछि अस्तित्व पनि लगभग टुंगिने अवस्था पुगेको छ । ०५२ सालमा सशस्त्र द्धन्द्धमा होमिएको १० वर्षपछि माओवादीले सरकारमा राम्रै प्रभाव जमायो । चुनावमा पहिलो दल बन्यो । 
अहिले त्यही दल एमालेसंग एकता हैन विलय हुने बाटो रोज्दैछ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ६०–४० को भागबण्डामा उम्मेदवार खडा भएकामा त्यो धेरै टिकेन । एमालेले बढी सिट जितेपछि प्रदेश सरकार गठनमा ७०–३० मा झर्यो । यो क्रम अझै अस्थिर हुने देखिएको छ । 
यही गतिमा अगाडि बढ्ने हो भने माओवादी ८०–२० मा झर्ने स्रोत बताउँछ । एमालेभित्रको गृहकार्य हेर्दा सो दलका उच्च स्रोतका अनुसार माओवादीले २० प्रतिशत मात्र केन्द्र सरकारमा सिट पाउने छ । 
यो त असम्भव जस्तै भयो नि ? भन्ने  सञ्चारकर्मीसँगको  कुराकानीमा  त्यो स्रोत भन्छ ‘असम्भव नेपाली राजनीतिको खेतीमा छँदैछैन, एमालेसंग नमिलेको भए माओवादीले अहिलेको एक चौथाइ मात्र मत पाउने थियो । मिलेर आफ्नो इज्जत जोगायो । प्रदेशसभा जस्तो केन्द्रमा एमालेले किन त्याग गर्ने ?’
राष्ट्रियसभाको निर्वाचन सकिँदै गर्दा अब पालो केन्द्रको सुरु हुँदैछ ।  एमाले र माओवादी नेताहरुको जोड प्रदेशमा मुख्य मन्त्री र केन्द्रमा सरकार गठनको प्रक्रियामा  लागेका बेला प्रदेशमा मुख्य मन्त्री आन्तरिक रुपले मात्र अड्किएको छ भने केन्द्रमा चर्चा सुरुभएको छैन ।  तर निर्वाचन आयोगले राष्ट्रिय सभासहित सबै निर्वाचन परिणाम फागुन ५ गते बुझाउने बताइरहँदा अबको पालो केन्द्र सरकार निर्माणको । 
 
माओवादीलाई २० को सट्टा ४० को अफर  ः 
 
केन्द्र सरकार प्रतिनिधिसभाका सांसदहरुले बनाउने हो । त्यसमा अझै च्यालेन्ज खुल्ला छ । प्रदेशमा २ नम्बर बाहेक एमाले र माओवादी गठबन्धनले सरकार बनाउने छ ।  केन्द्रमा अझै खुल्ला छ । पार्टी एकता नभएकाले अझै पनि गठबन्धन खुल्ला छ । यो गठबन्धन रात रहे अग्राख पलाउने सिद्धान्तबाट टाढा छैन । 
एमाले एक नेताका अनुसार माओवादीलाई २० प्रतिशत मात्र सिट दिइने छ । प्रतिनिधिसभामा सिट धेरै आएपछि  माओवादीलाइ एकपटक बाहिर नै राख्ने गृहकार्य गरेको एमाले अन्तत : फकाउँदै लगेर आफ्नो दलमा मर्ज गराउने रणनीतिमा पनि  नदेखिएको होइन, सहयोगको कार्ड संघीय फोरमलाइ फयाकेर माओवादीलाइ अलग्याउने प्रयास सार्वजनिक भएकौ हो ।  सम्भवतः माओवादीले यो मान्ने छैन ।  तर माओवादीलाई २० प्रतिशतमा खुम्चिएर लाचार बन्न मन छैन । किनकि माओवादी त कि सत्ताको नेतृत्व कि त पार्टीको नेतृत्व खोजिरहको छ । 
भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल आएर फर्केपछि तत्काल पार्टी एकता टरेको छ ।  एकता टर्नु भनेको भोलिको राजनीति जे पनि हुनसक्छ । अर्थात् एकता नहुने सम्भावना बढेको छ ।  यदि यस्तो हो भने माओवादीले नै सरकारको नेतृत्व गर्ने सम्भावना छ । 
माओवादीले यदि काँग्रेस, संघीय समाजवादी फोरम र राजपासंग मिलेर सरकार बनाउने हो भने २० को ठाउँमा ४० प्रतिशत सिट पाउन सक्नेछ । जब एमालेमा त्याग मात्रै गर्नुछ भने यो दोस्रो विकल्प प्रयोग गर्दा के फरक पर्छ रु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यति धेरै त्याग गर्दा समेत एमाले नेतृत्वले वास्ता गर्न छाडेको छ भने पक्कै पनि माओवादी विरुद्ध नराम्रो हुँदैछ । त्यो नराम्रो पर्खिनुभन्दा माओवादी एक कदम अगाडि बढेर सरकारको नेतृत्व गर्दा के फरक पर्ला ? 
 

Comment

Related News