• आज : Thursday 26 April 2018
    10:06:54 NST

प्रतिनिधिसभाको समानुपातिक सिट आज बाँडफाँट हुने

काठमाडाैं, २५ माघ । राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम मतपरिणाम आज सार्वजनिक गर्ने भएको छ। 
आयोगले आजै सिट बाँडफाँट गरेर दलहरुलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार सदस्य सिफारिसका लागि पत्राचार गर्नेछ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकको सिट बाँडफाँट गरेर आजै सदस्य सिफारिसका लागि दलहरुलाई तीन दिनको समयसहित पत्राचार गर्ने बताए। दलहरुले पठाएको सूचीमा कुनै परिमार्जन आवश्यक भएमा थप दुई दिन समय दिइने ढकालले बताए।
अबको पाँच दिनभित्र प्रतिनिधिसभाको मतपरिणाम राष्ट्रपतिलाई हस्तान्तरण गर्ने आयोगको तयारी छ। राष्ट्रियसभाको अन्तिम मतपरिणाम भने ढिलामा सात दिनभित्र बुझाइसक्ने ऐनको प्रावधान अनुसार काम हुने प्रवक्ता ढकालले बताए।
मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको मतगणना पुस २ गते नै सम्पन्न भए पनि राष्ट्रियसभा निर्वाचन सम्पन्न नभई आयोगले परिणाम सार्वजनिक गर्न अस्वीकार गरेको थियो। मतपरिणाम सम्पन्न भएको करिव दुई महिनापछि आयोगले सिट बाँडफाँट गर्न लागेको हो।

Comment

Related News